निवेदन सर्वोच्चमा !

प्रकाशित मिति
0
163

20161228_070747

लौन, प्रभू !
गाह्रो भो मलाई …!
बचाउ …!!
महङ्गीले पुर्लुक्कै हुन लागेँ
घर भाडा तिर्नै, पो मुस्किल !
साहूको काम
खानलाई माम

 

काम भनेसी
एँस रोकेर भए पनि
ठेस हाल्नु पर्छ ,
प्यानाडोल टोकेर
सुइचो घोटेर
खक्दै खक्दै भए पनि
काम ! काम !!
हऊ,
अनि उत्ता के नेपालमा ,
वाढी पिडित !
अग्नि पिडित!
क्यान्सर पिडित !
मुटु रोगी !
मृगौला रोगी !
कसलाई जिताअौँ अभियान !
कसलाई बचाअौँ अभियान !
कसलाई कसरी पुर्याउँ प्रभू ! ?
यता फिरी,
पार्टी भोज नि छँदेछ ,
टिकस उस्तै आको ,आको छ
वाट्स अप, म्यासेन्जर
टिङ् टिङ् , टुणुङ्णुङ , टुणुङ् – टुणुङ्
त्येता भ्याएँ
यता फिरी
एकल साँझ प्रभू !
यति बेला कहाँ गए ? टि बि याक्खा ?
खुब याद आईरहेछ
उनको कविता
“एकल साँझ” को …!!

 

लौन ,
एकल साँझ जानू छ
गिफ्ट त किन्नै पर्यो ! कि त लाईसी !!
एकाउन्ट हेर्या
खालि खालि छ !
एकल साँझमा
दाईको साली छ !
साम्सेपूर जाम कि, नाइट मार्केट ?
मार्क सिक्स काट्यो
२० डलर घाटो
लौ न प्रभू !
मलाई दया गर…!!

 

नेपाल बाट कल आम्छ
भात खान पुगेन तलाईँ
नेपाल आईज !
हे, प्रभू !
म माथी दया राखि पाम् ..!!
अन्त्यमा ,
मेरो मैले कति रोग पाल्या छु होला ?
म बचाऊ
अभियान कसले चलाउला ?
मेरो खालि एकाउन्टले ??
लौ न प्रभू !
केही वाणी सुनाउनुस् !!!

– सुरेस चाम्लिङ राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here