नाबालिकाको मृत्युपछि आमा र उनका साथीहरु पक्राउ..

प्रकाशित मिति
0
916

२२ महिने बालिकाको मृत्यु भएपछि बालिकाकी २५ वर्षीया आमा ,उनको साथी र उनको ब्वाई फ्रेन्डलाई प्रहरीले पक्राउ गरेको छ ।

मृतक बालिकाकी आमाले गत जनवरी देखि नै बालिकालाई तिन सु वाई स्थित साथीको घरमा रेखदेखमा छाडेको बताइन्छ ।
बालिकाको बाबु जेलमा रहेको र अरु ३ जना दाजु-दिदीहरुलाई अरुले अभिभावकत्व लिएर पालिरहेको बताइन्छ।

आज बिहान ४ बजे बेहोस अवस्थामा बालिकालाई आमाको साथी र उनको ब्वाई फ्रेन्डले तिउनमुन अस्पताल लगेका थिए ।
बालिकाको शरिरमा नील डामहरु देखिएकोले बालिकालाई यातना दिइएको प्रहरीले बताएको छ ।
यसरी लापर्वाही गरेर बच्चाको मृत्यु गराएमा १० वर्ष सम्म कैद हुन सक्ने ब्यवस्था हङकङको कानुनमा रहेछ ।

हङकङमा कानुनी रुपमा गर्भ पतन गर्ने ब्यवस्था छँदैछ, र पनि जिम्मेवारी निर्वाह गर्न नसक्नेले किन सन्तान पैदा गर्नु होला, हगि?
बालिकाको नियतिमा हत्तेरीले यति मात्रै भन्नु सक्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here