नयाँ सिग्नलिङ् सिस्टमको परीक्षणको दौरान एम टि आर दुर्घटना

प्रकाशित मिति
0
25

आज बिहान ३ बजे एम टि आर मा प्रयोगको लागि प्रस्तावित नयाँ सिग्नलिङ् सिस्टमको परीक्षणको दौरान दुर्घटना भएको बताइन्छ । परीक्षण सेवाको समय भएको दुर्घटनाले गर्दा सर्वसाधारण यात्रु सवार रहेका थिएनन् ।

नयाँ सिग्नलिङ् सिस्टमको पालना गर्दा गर्दै पनि दुर्घटना हुन पुगेकोले सिस्टममै त्रुटिपूर्ण रहेको हङक, रेल वे ट्रेड युनियनका उपाध्यक्षले बताएका छन् ।
सिस्टमले दिएको सूचनामा गडबडी रहेको आशंका गर्दै ड्राइभरले इमर्जेन्सी बटन दबाएर रेल रोक्न खोज्दा खोज्दै पनि क्रसिङमा दुई रेल साइडबाट ठोक्किएको बताइन्छ ।
सीधै जुधेको भए चालकहरुको ज्यान खतरामा पर्ने थियो तर साइडबाट ठोक्किँदा ३१ वर्षे चालकको खुट्टामा चोट लागेको छ भने २४ वर्षे अर्को चालक धुँवाको कारण निस्सासिएको अवस्थामा उध्दार गरिएका थिए ।

सेन्ट्रल गइरहेको ट्रेनको पहिलो कम्पार्टमेन्ट क्षतिग्रस्त भएको थियो भने चुनवान गइरहेको तेस्रो र चौथो कम्पार्टमेन्टमा क्षति पुगेको थियो । ठक्करको कारण एउटा रेल लिकबाट बाहिरिएको थियो ।

रेल मर्मत र छानबिको लागि सेन्ट्रल र एडमर्ल्टी बीचको सेवा सोमबारको लागि स्थगित रहने एम टि आर ले जनाएको छ ।

हालको लागि नयाँ सिग्नलिङ् सिस्टमको परीक्षण स्थगित गरिने बताइएको छ । नयाँ सिस्टम पूर्ण रुपमा परीक्षण पास नभइञ्जले एम टि आर ले प्रयोगमा नल्याउने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here