नयाँ आइ डी लिऊँ जरीवानाबाट बचौं!

प्रकाशित मिति
0
50

पुरानो प्रविधि सुधार गर्ने उद्देश्यले हङकङ इमिग्रेसनले नयाँ खाले आइ डी डिसेम्बर देखि वितरण गर्नेछ ।

४ वर्षभित्र सबैको पुरानो आइ डी विस्थापन गर्ने इमिग्रेसनको योजना रहेको छ त्यसैले सबैलाई अनिवार्य रुपमा आइ डी फेर्न सूचना गरेको छ ।
डाकिएको समयमा आफ्नो आइ डी नफेरेमा ५ हजार सम्म जरीवाना गराइने इमिग्रेसन अफिसरले बताएका छन् ।
क्रमिक रुपमा उमेर समूह अनुसार आइ डी फेर्न तालिका जारी गरिने बताइएको छ ।

पहिलो समूहमा सन् १९८५ र १९८६ सालमा जन्मेका भाइ बहिनीहरु परेका छन् , उनीहरुले २०१९ सालको जनवरी २१ देखि मार्च ३० सम्म नयाँ आइ डी लिइसक्नुपर्नेछ ।
दोस्रो समूहमा १९६८ र १९६९ साल जन्म मिति रहेका मामा छ्यामाहरु पर्नुभएको छ, वहाँहरुले अप्रिल १ देखि जुन १ सम्ममा नयाँ आइ डी लिइसक्नुपर्नेछ ।
आउँदो महिनाको २६ तारीख देखि आइ डी हराएर वा काम नगरेर नयाँ लिन आवेदन दिनेहरुलाई नयाँ आइ डी दिइनेछ , वहाँहरुले फेर्ने झन्झट गर्नु पर्ने छैन ।

बताइए अनुसार निशुल्क दिइने यो सेवाको लागि तोकिएका केन्द्रहरुमा गई पुरानो आइ डी छिराएर, औंठा छाप दिएपछि फोटो खिच्ने फाराम दिइन्छ, त्यो लिएर फोटो खिचाएपछि नियम पुग्नेछ , नयाँ आइ डी पाउन केही समय लाग्नेछ । पालो आएकाहरुले सजिलोको लागि नोभेम्बर २६ देखि अनलाई अपोइन्टमेन्ट बुकिङ पनि चालु हुनेछ जसले गर्दा लाइन लाग्नु पर्ने झंझट नपर्ला।

नेपालमै बसोबास गरी ३-३ वर्षमा इन हुने आफन्तहरुलाई सुसूचित गर्नुहोला र २०१९ सालमा इमिग्रेसनको सूचनालाई ध्यानमा राखी हङकङ आउने प्रबन्ध मिलाउनुहोला नत्र कालो कोटे दाजुहुर खुसी हुनेछन् ।

तोकिएका केन्द्रहरु निम्न छन् ;

Name Address
1. Hong Kong Island Smart Identity Card Replacement Centre Room 200, 2/F, Shui On Centre, 6–8 Harbour Road, Wan Chai
2. East Kowloon Smart Identity Card Replacement Centre Unit 1, 2/F, Manulife Financial Centre and Unit 1B, 3/F, Manulife Financial Centre, Tower A, 223–231 Wai Yip Street, Kwun Tong
3. West Kowloon Smart Identity Card Replacement Centre 12/F, Gala Place, 56 Dundas Street, Mong Kok
4. Tsuen Wan Smart Identity Card Replacement Centre Shop S201, 2/F, Smartland, 50 Texaco Road, Tsuen Wan
5. Sha Tin Smart Identity Card Replacement Centre Shop G26, G/F & Shop 123, 1/F, Kings Wing Plaza 1, 3 On Kwan Street, Sha Tin
6. Sheung Shui Smart Identity Card Replacement Centre 7/F, Spot, 48 Lung Sum Avenue, Sheung Shui
7. Tuen Mun Smart Identity Card Replacement Centre Shop L414B, Level 4, Leung King Plaza, Leung King Estate, 31 Tin King Road, Tuen Mun
8. Yuen Long Smart Identity Card Replacement Centre Shop 50, G/F, Manhattan Plaza, 23 Sai Ching Street, Yuen Long
9. Tseung Kwan O Smart Identity Card Replacement Centre Shop 20-26, G/F, Corinthia By The Sea, 23 Tong Yin Street, Tseung Kwan O, Sai Kung

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here