नयाँ आइ डी को लागि अनलाइन अपोइन्टमेन्ट !

0
7
अनलाइन अपोइन्टमेन्टको लागि

४ वर्षभित्र सबैको पुरानो आइ डी विस्थापन गर्ने इमिग्रेसनको योजनाले अनिवार्य रुपमा आइ डी फेर्न सूचना गरेको छ,
डाकिएको समयमा आफ्नो आइ डी नफेरेमा ५ हजार सम्म जरीवाना गराइने इमिग्रेसन अफिसरले बताएका छन् ।
क्रमिक रुपमा उमेर समूह अनुसार आइ डी फेर्न तालिका जारी गरिएकोछ ।
पहिलो समूहमा सन् १९८५ र १९८६ सालमा जन्मेका भाइ बहिनीहरु परेका छन् , उनीहरुले २०१९ सालको जनवरी २१ देखि मार्च ३० सम्म नयाँ आइ डी लिइसक्नुपर्नेछ । बताइए अनुसार निशुल्क दिइने यो सेवाको लागि तोकिएका केन्द्रहरुमा गई पुरानो आइ डी छिराएर, औंठा छाप दिएपछि फोटो खिच्ने फाराम दिइन्छ, त्यो लिएर फोटो खिचाएपछि नियम पुग्नेछ , नयाँ आइ डी पाउन केही समय लाग्नेछ । सजिलो र छिटोको लागि अनलाईन अपोइन्टमेन्ट बुकिङ पनि गर्न सकिनेछ। तलको लिंक खोली आफूलाई पायक पर्ने ठाउँ र उपयुक्त समय छानेर फम भर्न सक्नु हुनेछ, साथै आफ्नो मोबाइलमा “Hk immD” एप डाउलोड गरेर पनि बुकिङ गर्न सकिनेछ।

अहिलेलाई भने सन् १९८५ र १९८६ सालमा जन्मेका भाईबहिनीहरुको लागि यो लिंक खोलेर फारम भर्न सकिनेछ – ttps://www.gov.hk/en/apps/immdnewicbooking2.ht

दोस्रो समूहमा १९६८ र १९६९ साल जन्म मिति रहेका मामा छ्यामाहरु पर्नुभएको छ, वहाँहरुले अप्रिल १ देखि जुन १ सम्ममा नयाँ आइ डी लिइसक्नुपर्नेछ ।

मोबाइल एपको लागि चिन्ह लगाइएको लिंकमा जानू पर्नेछ
अन्य उमेर र जन्म मिति भएकाहरुले यो तालिका हेरेर तयारी रहन सक्नु हुनेछ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here