नक्कली बिवाह गर्ने नेपाली सहित ३७ पक्राउ !

प्रकाशित मिति
0
56

हङकङ  इमिग्रेसन डिपार्टमेन्टको एक अप्रेसन टोलीले नक्कली बिवाहा गर्ने गराउने गरि जम्मा ३७ जनालाई पक्राउ गरेको समाचार छ। जसमध्ये मुख्य नक्कली बिवाहा गराउन संलग्न ५ जना हङकङे, र नक्कली बिवाहित १३ जना भारतीय र नेपाली  घरेलु कामदार २ मेन्डलैन्ड महिला र १७ हङकङे पुरुष रहेका छन् ।
इमिग्रेसन डिपार्टमेन्ट सहायक निर्देशक “फोङ” का अनुसार अनुसन्धानमा समूहको एक हिन्दी र नेपाली भाषा बोल्ने महिलाको समूहले हङकङे पुरुषहरुलाई प्रलोभनमा पारि नक्कली बिवाहा गराइदिने र चार्ज स्वरुप २० हजार देखि ६० हजार हङकङ डलर लिने गरेको बताएका छन् । साथै बिवाहा गराउनको लागि “क्लक होटल” भाडामा लिइ प्रयोग गर्ने गरेको र उक्त होटलको कोठामा ठूलो परिमाणमा नक्कली बिवाहाको सर्टिफिकेट , हङकङ आइ डी , पासपोर्टको फोटोकपी, फोटो तथा मोबाईल फेला पारेको छ।
त्येसैगरी अर्को एक समूहले सोही होटलमा फरक कपडामा फोटो खिचाइ ४० हजार देखि १ लाख ५० हजार डलर सम्म फि लिई नक्कली बिबाह गरिदिने गरेको पनि फोङ ले बताएका छन् ।
इमिग्रेसन डिपार्टमेन्टले पक्राउ पर्ने मध्ये १५ जनालाई दोषी साबित भएको र उनीहरुलाई १० देखि १८ महिना जेल सजाय हुनेछ भने यस अपराधमा संलग्न मुख्य ब्यक्तिहरुलाई भने जिल्ला अदालतको अनुसन्धानमै रहेको र यो महिनाको २८ फैसला हुने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here