नक्कली नोट छाप्ने गिरोह पक्राउ

प्रकाशित मिति
0
82
सक्कली बायाँ नक्कली दायाँ!

नक्कली नोट छाप्ने गिरोहका ४ जनालाई हङकङ पुलिसले पक्राउ गर्न सफल भएको छ , उनीहरुको साथबाट २ लाख २० हजार डलर बराबरको नक्कली नोट पनि बरामद गरेको छ ।

आइतबार बिहान एबर्डिन स्थित एक फ्ल्याटमा छापा मारी ३२ वर्षे समूहका नाइकेलाई प्रिन्टिङ् मेसिन लगायत नक्कली नोटहरु सहित पक्राउ गरेको थियो भने अपराधमा संग्लन २ पुरुष र १ महिलालाई चिङ यी र ताइ पो बाट पक्राउ गरिएको थियो । साम सुई पो र वेस्ट काउलुन क्षेत्रमा नक्कली नोट प्रयोग गरिएका ३४ घटना प्रहरी सामु आएका थिए , उनीहरुले HSBCको ५ सय र १ सयको नोट र हुलाक टिकटको नक्कल छापेको बताइन्छ ।

तर शनिबार तु का वानको सेभेन इलेभेन कर्मचारीले १ हजार डलरको जाली नोट फेला पारेर प्रहरीलाई रिपोर्ट गरेका छन् ।
त्यसको अर्थ जाली नोट छाप्ने ब्यवसायमा अरु गिरोह पनि सक्रिय छन् ।

बालुवाटारको जग्गा किनेर फँस्नुभएछ भनेर मन्त्रीले क्षतिपूर्तिको लागि पैरवी गरे जस्तो हाम्रो लागि पहल गरिँदैनन्, हगि?
तेसो र, हामी पसीना बगाएर मिहेनत गरेर रोजगारी गर्ने मान्छेले नगद लेनदेन गर्दा आफैँ चनाखो हुने हो कि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here