नक्कली खोप कि तस्करी खोप?

प्रकाशित मिति
0
1560

पाठेघरको क्यान्सरबाट जोगिन लगाइने खोप HPV भन्दै नक्कली खोपको प्रयोग गरेको वा अवैध रुपमा आयात गरी प्रयोग गरेको आशंकामा जोर्डनको च्याम्पियन बिल्डिङमा रहेको ए एम एच मेडिकलका दुई डाइरेक्टरलाई पक्राउ गरिएको छ ।

उनीहरुले सक्कली खोप नै प्रयोग गरेको दाबी गरिरहेका छन् भने खोप बनाउने कम्पनी MSD ले भने उक्त मेडिकललाई कहिल्यै खोप सप्लाई नगरेको बताएको छ ।
सक्कली खोप भने कहाँबाट आयात गरियो भन्ने बारे ए एम एच ले हालसम्म बताएको छैन ।

उक्त मुध्दामा फँसेपछि ग्राहकहरुले आफ्नो पैसा फिर्ता माग्न थालेको बताइन्छ । २ हजार ग्राहकलाई १० मिलियन डलर फिर्ता गरिसकेको मेडिकलले बताएको छ तर हाल बैंक खाता सरकारले फ्रिज गरिदिएकोले क्लिनिक बन्द गर्नुपरेको उनीहरुले बताएका छन् ।

उक्त खोप लिएर हालसम्म कोही बिरामी भने भएको रिपोर्ट नआएको बताइन्छ ।
१२०० सय देखि १७०० डलर प्रति डोज पर्ने यो खोप ३ पटक लाउनु पर्ने बताइन्छ ।

खोप नक्कली हो कि तस्करी गरी ल्याइएको सक्कली नै हो भन्ने यकिन अनुसन्धानपछि मात्रै गर्न सकिनेछ ।

हत्तेरीका साथीहरु, कतै तपाईँले वा तपाईंका आफन्तले पनि HPV को खोप AMH बाट लिनुभएको थियो कि?
लिइहाल्नुभएको भए पनि दिइएको खोपले स्वस्थमा प्रतिकूल असर नपर्ने हुनाले आतिइहाल्नु नपर्ने विज्ञहरुको भनाइँ छ , मात्र यति हो कि खोप
तस्करी गरी ल्याइएको नभई नक्कली हो भने यसले सक्कली काम गर्न सक्दैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here