दौडमा भाग लिँदा भयो मृत्यु..

प्रकाशित मिति
0
123

गत आइतबार स्ट्यान्डार्ड चार्टर्ड हङकङ म्याराथुनमा भाग लिएर दौडिने क्रममा बेहोस भएका ५० वर्षे धावक ली को ३ दिनपछि हिंजो मृत्यु भयो । १० किलोमिटरको रेसमा भाग लिएका उनी ६ किलोमिटर पार गरेपछि बेहोस भएका थिए । तत्काल उनलाई वान्चाईको रुतोन्जी अस्पताल लगिएको थियो । आयोजकले ली को निधनमा शोक ब्यक्त गर्दै मृतकको परिवारलाई सक्दो मध्दत गर्ने बताएको छ।

गत आइतबार २१ जनवरी २०१८ मा भएको स्ट्यान्डार्ड चार्टर्ड हङकङको ४० किलोमिटरको म्याराथुनमा २ घन्टा १३ मिनेट ३९ सेकेन्डमा पार गरी केन्याका केनेथ मुङगारा प्रथम भए भने इथियोपियाकी गुलुमे टोलिसा २ घन्टा २९ मिनेट ३७ सेकेन्डमा पार गरी लगातार दोस्रो पटक महिला तर्फ प्रथम बनेकी थिइन् ।

दौडका क्रममा ३२ जना धावकहरुले अस्वस्थ महशुस गरेपछि अस्पताल लगिएको थियो , जसमध्ये २ जनाको  अवस्था  चिन्ताजनक बताइएको थियो । दौड प्रतियोगिताको ६ सालको अवधिमा ४ जनाको मृत्यु भइसकेको छ । सन २०१५ मा मृत्यु भएको २४ वर्षे धावक उम चुक यु को परिवारले आयोजकको लापर्वाहीको कारण उनको मृत्यु भएको भन्दै मुध्दा ठोकेको छ ।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here