देशी विदेशीहरु माझ हङकङमा मञ्जुश्री प्रस्तुत हुने

प्रकाशित मिति
1
459

उसै त अङ्ग्रेजीलाई माध्यम भाषा बनाएर साहित्य लेख्ने नेपाली लेखक लेखिकाहरु औंलामा गन्न सकिने छन् भने त्यसमा पनि ख्याती कमाएकाहरु असाध्यै कम छन् ।
विश्व साहित्यमा नेपाललाई उभ्याउन सफल थोरै नामहरुमा एक नाम मञ्जुश्री थापा हो ।

नेपालमा जन्मेर क्यानडा र अमेरिकामा पढाई गरेकी मञ्जुश्री थापाले नेपाली जनजीवनका कथाहरुलाई टिपेर अङ्ग्रेजीमा लेखी अन्तराष्ट्रिय मुद्दा बनाउने प्रयास गरेकी छिन् । हालसम्म उनका ४ आख्यान विधाका पुस्तक प्रकाशित छन् भने गैर-आख्यानका ४ र अनुवादका ३ कृति प्रकाशित छन् । क्यानडालाई आफ्नो बसोबास थलो बनाएकी थापा नेपाल र नेपाली साहित्यलाई माया गर्ने लेखिका हुन् । उनका लेखन र अभिब्यक्तिहरु महिला र सीमान्तकृतहरुको पक्षमा रहने गरेको पाइन्छ ।

राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएको बेला उनले लेखेको Forget Kathmandu: An Elegy for Democracy (2005) साहसिक कृति मानिन्छ, जसले नेपालको वास्तविक स्थिति विश्व सामु राखेको थियो । स्व. इन्द्रबहादुर राई को “आज रमिता छ” लाई सन २०१७ मा अङ्ग्रेजीमा अनुवाद गरेर पेन अमेरिका ट्रान्सलेसन पुरस्कार प्राप्त गरेकी थापालाई पेन हङकङले दुई कार्यक्रममा सहभागी हुन हङकङ आमन्त्रित गरेको छ ।

देशी विदेशी लेखकहरु माझ हाम्रो आफ्नो लेखिका प्रस्तुत हुने कार्यक्रममा तपाईं हामी पनि सहभागी हुन जाने कि?
आयोजकले जानकारी दिए अनुसार प्रवेश निःशुल्क रहने उनका कार्यक्रमहरु निम्न रहनेछन् ;

 

1. Title : IN OUR OWN LIVES: WOMEN’S RIGHTS (मञ्जुश्री थापाका कृति वाचन कार्यक्रम)
Date: Tuesday 27 November 2018
Time: 7:30 – 9:00 p.m.
Venue: Swing A Cat (Rear Shop, G/F, 241 To Kwa Wan Road, Kowloon, Hong Kong)
Speakers: Manjushree Thapa, Gina Marchetti, Ilaria Maria Sala and Jessica Yeung

 

2. Title : The Inner Life – How Fiction Illuminates Human Rights (मञ्जुश्री थापाद्वारा प्रवचन कार्यक्रम)
Date: Wednesday 28 November 2018
Time: 7 – 8:30p.m.
Venue: Wang Gungwu Theatre, Graduate House, HKU

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here