दिलचोर भनेको त पैसाचोर पो रहेछ..

प्रकाशित मिति
0
128

lover thief

२२ वर्षे चान काइ मिङ विरुध्द सोमबार वान्चाई जिल्ला अदालतमा चोरीको मुध्दामा  सुनुवाइ भयो । चीनमा जन्मेर १९९७ सालदेखि हङकङ बस्दै आएका चानले एक २८ वर्षे युवतीलाई इन्टरनेट च्याट एप्लिकेशन विच्याटमा यस सालको सुरुतिरै पट्याए । चानले आफू लक्जरी अपार्टमेन्ट बेल एयरमा बस्ने र सेङ वानमा आफ्नो कम्पनी भएको भन्दै युवती र युवतीको परिवारलाई मख्ख पारेका थिए ।

युवतीका अनुसार पहिले चानले उनलाई थाहै नदिई उनको क्रेडिट कार्डबाट ६ वटा आईफोन ४३ हजार डलरमा किनेर बेचेछन् । त्यतिमात्रै नभई फेब्ररीमा युवती र उनको परिवारलाई डिनरको निम्तो दिए, उता रेस्टुरेन्टमा युवतीको परिवार संभावति ज्वाईंको प्रतीक्षा गरिरहँदा चान भने ताइ कु सिं स्थित उनीहरुको फ्ल्याटमा घुसेर चोरी गर्न ब्यस्त थिए ।

युवतीको घरबाट उनले ४ वटा घडी, जेडको औंठी र लाइसीका प्याकेटहरु गरी ३० हजार डलर बराबरको चोरी गरेको बताइन्छ । बिल्डिङको सिसिटिभीबाट चोरको पहिचान हुँदा छांगाबाट खसेकी युवतीले चोरीको मात्र नभई चानलाई विश्वासघात गरेको सजायँ पनि दिनुपर्ने माग गरेकी छिन् ।

चानले भने आफूविरुध्दको अभियोग स्वीकार्दै क्षमा मागेका छन् र सबै पैसा खर्च गरिसकेकोले हर्जाना तिर्न असमर्थ रहेको बताएका छन् । युवतीको दाजुले चानको सिसिटिभी फुटेज अनलाईनमा सेयर गरेर ठग चानसँग सावधान रहन गरेको आव्हान इन्टरनेटमा भाइरल भएको बताइन्छ ।

थुनामा राखिएका चानलाई अगस्ट १ तारीख सजायँ सुनाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here