दिनेश सु्ब्बा इटहरीमा लाइभ गाउँदै

0
8

dinesh subba

यो शनिबार ११:३० बजे संगीत साधना इटहरीको आयोजनामा माननीय भुमिसुधार एवं व्यवस्था मन्त्री रामकुमार सुब्बाको प्रमुख आतिथ्यमा नेपाली संगीतका हस्ती हाल हंगकंग निवासी वरिष्ठ संगीतकार,गायक,रचनाकार दिनेश सुब्बा रिजाल भिजन इटहरीको मंचमा उत्रिँदै छन् ।

“तिम्रो हाम्रो मनको दूरी बढे जस्तो छ”, “थाहा नपाई माया मेरो तिमीसित बस्यो है” जस्ता गीत गाउनुका साथै दिनेश सुब्बाले “बादलुको घुम्टोले इलाम बजार छोपिँदा”,”तिमी हर्छौ भने यो छाति भित्र”, “जिन्दगीका यात्राहरुमा”, “हाम्रो सुन्दर संसार थियो”,आदि जस्तै थुप्रै चर्चित गीतहरु संगीत भरेका छन् । यिनै चर्चित गीतहरुसँगै संगीतकार दिनेश सुब्बाले नयाँ कम्पोजिसन् पनि सुनाउने अपेक्षा गरिएको छ ।

दिनेश सुब्बाको प्रस्तुति एवं सम्मान कार्यक्रमलाई “दिनेश प्रवाश र नेपाली संगीत” शीर्षक दिइएको छ, उक्त कार्यक्रमलाई Arena TV र Namaste FM बाट प्रत्यक्ष प्रसारण हेर्न र सुन्न सकिनेछ ।कार्यक्रमको मिडिया पार्टनर JP Media रहेको छ ।

संगीत साधना इटहरीले  विभिन्न साँगीतिक गतिविधि र अन्तरक्रिया गराउँदै आएको यस संस्थाले संगीत प्रतिष्ठानको भवन निर्माणमा जुटेको छ।

हाल “मुटुका प्रतिध्वनि” गीति एल्बमको कामको लागि नेपाल रहेका संगीतकार सुब्बा जनवरी पहिलो हप्ता हङकङ फर्किने योजना छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here