दिनदहाडै सामसुइ पो को सुनदोकानमा लुटपाट…

प्रकाशित मिति
0
35

साम सुई पो को केलिन स्ट्रिटमा रहेको सन हाई ज्वेलरीमा हिंजो बिहिबार बिहान १०ः२० बजे लुटपाट भएको छ ।
पेस्तोल जस्तो वस्तु देखाएर एक लुटेराले जम्मा ४ मिनेटको समयभित्र १४ लाख डलर बराबरका गरगहना लुटेर भागेको छ।
अन्दाजी ४०-५० वर्ष उमेरको देखिने १.७ मिटर अग्लो क्यान्टोनिज बोल्ने लुटेराले धम्क्याउँदै त्यहाँ काम गर्ने कर्मचारीलाई नेकलेस,ब्रासलेट,पेन्डेन्ट आदि ११० सामग्री
निकाल्न लगाएका थिए । कर्मचारीले पुलिस बोलाउने आकस्मिक बटन दबाए पनि ती सबै झोलामा खाँदेर लुटेरा येन चाउ स्ट्रित तर्फ भागेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here