दलाल पशपतीको दाग, बौद्धको रिम्पोचेले धोईदिए – मनु

प्रकाशित मिति
0
93
बौद्ध स्तूपा र मिसाम लिम्बू

धेरै बर्ष भो नगको….., कि एकछिन पसेर जाने त ? दिदीले भन्नू भयो , जाने भए जाऊँ न त यसो सररर एकराउन्ड लगाएर निस्कुङ् मैले भने,
जाँदा जाँदैको ट्याक्सीलाई गन्तव्य छोडेर अोरालो मोडिन भनेँ , ट्याक्सी चालक भाइले  हामीलाई सेक्युरिटी उभ्भेको गेट नेर छोड्दै   “भरै गौरीघाट तिर बाट निस्कनुस् है ?” भन्दै पार्किङ तिर लाग्यो …..।

“निक्कै परिवर्तन भएछ नि त !”  दिदी भन्दै हुनुहुन्थ्यो
हो त रहेछ त ..!? म सही थप्दै. हिँड्दै थियौँ , छोराहरु आफ्नै चासोहरु भुँइ वरपर … छर्दै …..

 

“हात धोऊँ नानीहरु ! हात धोऊँ ..!!”

एउटा रातो सुइटर, रातै मेक्सी र निधारमा रातै सिंदुर लगाएको आईमाईले ,  मैलो-मैलो धसिंगारे भरि पानी भको “मोटे पेप्सी”को बोतल गिलिक्क दुईहातले समातेर बाटो छेकी …! ?

– एकछिन त अकमक्क परियो …!

बिर्को खोलेर हाम्रो हातमा पानी खन्याउन लागि …?
“अई ! नियम यस्तो रहेछ कि . ..!”
मन्दिर छिर्न अगाडि हात धोएर मात्र छिर्न दिने ….?
कि , पुन्य कमाएकी हुन् ..!? धार्मिक स्थलमा बसेर यसरी बाटो- बाटोमा हात धोईदिने ..!? यिनले पुन्य प्राप्तिको लागि पनि यसो गरेको हुन सक्छ ..! ? “मनले यसो पनि भन्यो ….,,
जे सुकै होस् ,
हात धोइदिने पाउँदा किन नधुनु हगि ?
त्यो पनि काठमाडौंको मैलो धूलो पखाल्दिने पाउँदा …; नाजान हात धोईयो ….!

हात धोइयो, सरासर अगाडि हिँडियो … १० मिटर जति अघि के पुगेको थियौँ …
लु नानी पूजाको सामान , ! दुई टपरी फूल उचाल्दै ढाकीमा हाल्न थाली …!
हामी त पूजा गर्दैनौँ, मैले भनेँ
होइन नानी, ” ४ ढोका खुल्ला छन् आज बिहिबार राम्रा दिन , यस्ता राम्रा दिनमा, यहाँ सम्म आएर पनि पूजा नगरी कसरी फर्किनु हुन्छ ? ”
हामी पूजा गर्दैनौँ , पूजा गर्न आकै होइनौँ ..! भन्दै
म अगाडि बढेँ .. !
आईमाईले अझै कर गरी …, दुई हातमा फूल बोकेर नलगि नहुने जत्तिकै , जोड गर्न थाली …! अघिको मोटे पेप्सीको बोतल भुँईमा भ्याल्यात्त लडाईछे …. !
“अो हो ! हात धोइदिनुको उदेश्य … ?” हात नधुनु थिएछ.. जस्तो नि लाग्यो …..!

अब , फुल नकिनुङ् त अघि हात धोइएको छ.. किनुङ् पूजा गर्न जाने होइन ..!

दिदीले भन्नू भो , नानीहरुले गर्छ कि त,? नत्र लैजाऊँ न त .?
ह कि त , !?
“ल न त उसोभए.. ,दिनुस् ,, भन्दिएँ

खुसी हुँदै , ढाकीमा दुई टपरी फुल र २० रुपैयाको कोइन लगाइछे र १६०० रुपैयाँ दिनु भन्दै देखाई ..,
१६०० ? मैले सोधेँ ,
हजुर १६ सय भयो .. !
दुनियाँमा महंगी चुलिन्दो छ ,! होला पनि सोचेँ के बार्केनिङ गरिरहनु , ?
“पकेटमा पैसा हो कि खहरे ? पत्तै नहुने,,

– किन २ भाग ? १ भाग मात्र दिनुस् ..! मैले भनेँ ,
होइन २ वटा मन्दिर छन् , यो त लानै पर्छ !
ढाकीमा हाल्दै भनी ..!
हामी यता बाट आउँदैनौँ …! यो ढाकी होइन झोलामा दिनुस् …! दिदीले भन्नु भयो ,
झोलामा फूल राखिदिई … मैले १६ सय तिरेँ दिदीले फूल बोक्नु भो , मन्दिर तर्फ लागियो ….,!

मन्दिरको करिब झन्डै ३ सय मिटर वर, जुत्ता चप्पल खोल्नुस्..! जुत्ता चप्पल खोल्नुस् ..!!
यता जानुस् .! जुत्ता चप्पल खोल्न …? यता छ जुत्ता चप्पल राख्ने ठाऊँ…….!?
जुत्ता राख्ने ठाऊँ देखाउँदै “जुत्ता चप्पल विभाग कर्मचारी” रहेछन् , लठ्ठी हल्लाउँदै जोड जोडले कराई रहेको थियो ..!

ल ,को को जाने त पूजा गर्नु ? मैले भनेँ, ठूलो छोरा रिसाउन थाल्यो ..!
“मम्मी” डेस्टिनेशन एकातिर .., एकातिर पसेर एकै छिनमा पूजा गर्ने भइहाल्नु हुन्छ ..!? हामी यहाँ पूजा गर्ने भनेर हिडेको हो ?
म त जान्न ,! यस्तो भीड मलाईन पर्दैन ..!!

सानो छँदा, ” भगबान मलाई छितो छितो लेख्ने बनाईदिनुहोस् !
मलाई फस्ट बनाई दिनुहोस्”
भनेर दुई हात जोडेर भगवान सँग गुहार माग्ने मेरो छोराहरु …..

गतसालको भेटमा, कुरै कुरामा मलाई खुब प्रश्नहरुले हिर्काएका थिए,

” गड छ भनेर कसले भन्यो ? एउटा मात्र प्रूभ भन्नु त मम्मी “?
तपाइँलाई बिग ब्यैंक थेऊरी थाहा छ मम्मी ..? स्टेफेन हकिङ थाहा छ मम्मी ..? आदि ईत्यादी प्रश्नले हानेको झल्यास्सै याद आयो !
उनीहरु सँग आजकल तर्क गर्न म नसक्ने भइसकेकोछु ..!
प्रविधि सँगै सिर्जित बच्चाहरु क्रिएटिभ हुन्छन् , मैले उनलाई “पूजा गर्न जाऊ” कर गर्ने कुरै भएन !
फूल कहाँ थन्को लाउने त ?
कोही जान्नौ भने म एक्लै जान्छु दिदी पनि रिसाए झैँ गर्नु भो, फुललाई मन्दिरको पाउ त लाउनु पर्यो हगि ? , कान्छू छोरु तुम्माको साथी जाऊ है ? फुल चढाएर आइहाल , हामी यहाँ कुर्छौँ भनेँ , कान्छू नबोली तुम्मासँग जुत्ता खोल्न लाइन तिर लाग्यो …..

ट्याक्सी पार्क गरेर ड्राइभर भाइ पनि आयो,
छोराको आँखा कहाँ अल्झिरहेको थियो .. ? नाम लेख्ने बनाउने भनेको के मम्मी ! के के भन्दै गन गन गर्दै थियो , मैले राम्रो बुझेकै थिइनँ ,
अघाडी होलानि बनाउँला नि छोरा ..!!
छैन क्या, मम्मी ! अगाडि..?
त्येहीँ मात्रै हो …!
भनेको चैँ सुन्नु हुन्न ..!
आमा छोरा संवाद गर्दै आएका थियौँ ..!
पर्खाईको टाईम खर्चिन ल हिँड न त , भाइ र तुम्मा पूजा सकिन्जेल बनाएर आउँला ..!
३ जना फर्केर पछाडी गयौँ ….!

-यो हो क्या मम्मी ..! ( भुँईमा abcd अक्षर भएको मसिनो दाना फिजाएर बसेका भैयाहरुलाई देखाउँदै छोराले भन्यो ..!)

” – कति पैसा ..?
– ३ रुपीयाँ मात्र दिदी ..! नाम के भन्नुहोस्
(ब्रासलेट देखाउँदै भन्यो ..)
– ३ रुपैयाँ ?
– हजुर ३ रुपैयाँ …! नाऊ भन्नुस् के नाऊ बनाम् ?
लु बानाउ छोरा,! के के बनाउने . ? क – कसलाई बनाउने बनाऊ…! मैले भनेँ
छोरा रमाउँदै नाम सम्झी सम्झी अडर गर्यो,!
भैयाहरु तँ छाड म छाड गर्दै यता भन्नुहोस् हामी पनि बानाङ्छ ..! दिदी , खाली छ यता भन्नुहोस् के नाऊ हो दिदी ..? भन्नुहोस् के नाऊ दिदी ? भन्दा भन्दै ११ वटा बनाएछन् ..!
जम्मा एक ठाम्मा दिनुहोस् ३३०० हुन्छ हामीहरु बाँढेर लान्छ दिदी..!
३ रुपैयाँले कसरी ३३०० भयो ?
होइन दिदी .., एक अोटा दानाको ३ रुपिया हो ..!
होइट् ! तब पो २४० भोल्टको करेन्ट लाग्यो ..!
यसो हेरेको आफूसँग साथमा ६०० रहेछ ..!
पर्स दिदीको ब्यागमा थियो ..
ट्याक्सीवाला भाईलाई सापट मागेर डिस्काउन्टमा २५० को दरले २७५० तिर्नु पर्यो …!
हैट् ! “झुक्किनु पनि कस्तरी झुकिनु म पनि …? ”

फर्केर पर्खने ठाउँमा आईयो , अढाई घण्टा बित्न लाग्यो..! फर्केका होइनन् पूजकहरु .. ,
कल लायो उठ्दैन,पर्खनु कस्तो सजाय हुन्छ ..? त्यो त पर्खनेलाई नै थाहा हुन्छ हगि ?
हेर्दा हेर्दा हेर्दा बल्ल तल्ल फर्किँदै गरेको त देखियो, अलि छिटो छिटो आऊ भनेर हातले इशारा गर्छु वास्तै गर्दैनन् …? दुईजना पुलिससँग गफिँदै उनारकै सुरमा हिँडछन् ..! बल्ल छेउमा आईपुगे ..
कल नउठाएको झोँक जेठोलाई थियो भाईलाई स्पष्टीकरण लिईहाल्यो … भाईले पनि त्येता मोबाईल त चलाउनु पाइदैन रहेछ , अनि कसरी उठाउनु त ..?
स्पष्टीकरण दिइहाल्यो ..,
दिदीले भन्नू भो ठगिएछौँ नि त , ? यहाँ फूल फिर्ता गर्नु भन्नू भो सरहरुले , ल जुङ् त ..?
हँ ..? मैले राम्रो कुरा बुझिनँ ..
दिदी भन्छ पखन अहिले भन्छु , हिडन जाऊँ पहिले
सरासर गइयो .. अब कुन हो कुन हात धोईदिने माता ..? चिन्न मुस्किल भइरहेको थियो , यहाँबाट हो के हो ? मात्रै भन्दै थिएँ .., त्येसैबेला बाहिरका आइमाईहरुले चिनाईहाले, फलना बाहिर निस्की …फलानाले हो तपाइहरुलाई फूल बेचेकी ..,
बाहिर आई.. ,
प्रहरीले टपरी निकालेर एक एक गर्दै फूलको हिसाब गर्न लायो ,यहाँ ८ -८ सयको के छ देखाउनु पर्यो ? प्रहरीले एक एक गर्दै निकाल्यो ४/५ थुँगा सयपत्री , एउटा सानो त्रिशूल , अगरबत्ति धूप पनि खोलेर ४ वटा सिन्का मात्र हालेकी रैछे …! एक भागमा ,
यसरी ठग्न पाईन्छ ? तपाईं ठग्न बसेको कि व्यापार गर्न ? फेरि पनि यस्तो भएछ भने , तपाइँ कार्बाहीमा पर्नु हुनेछ ..! आईन्दा यसरी नठग्ने चेतावनी दिँदै तुरुन्त पैसा फिर्ता गर्नुस्..! प्रहरीले दबाब दियो ।
तपाइको बिचारले दिनुस् भगवानको मन्दिरमा आएर यस्तो उस्तो भन्दै गन गन गर्दै थिई,
मलाई त यसो १०० /५० दिऊँ कि जस्तो लागेको हगि ..? दिदी कहाँ कम छे र ,हामी दिन्नौँ एक पैसा पनि , हाम्रो पैसा चाहियो, यस्ता ठगलाई के दया माया ? उता ,२०, ५० , १००,२०० को फुल लिएर पूजा गरिरहेको रहेछन् ..! हामीलाई ठग्नु पनि कसरी यत्रो ८ सय ८ सय ठग्नु ? दिदीले रिसले चुर हुँदै पैसा फिर्ता माग्यो , पेप्सी बोतलवालीले १६०० खुरुक्क फिर्ता दिई , पैसा लिएर प्रहरीलाई धन्यवाद भनेर त्यहाँ बाट हिँडियो …….!

खासमा हाम्रो गन्तव्य भनेको “बौद्ध स्तूपा” अनि त्येस पछि लाजिम्पाट हस्पिटल, त्येसपछि फेरि बालकोट समय एकदमै महंगो थियो , अचानक पशपती हेर्ने निर्णयले फसियो, समय- समय बर्बाद भयो …।
ब्यार्थै टेनसन ..!
त्येस पछि लागियो बौद्ध , एकैछिनमा पुगियो .. छोरोले भन्यो मम्मी ठाऊँ त यो हो नि त ! क्या शान्त ! क्या रमाईलो .है मम्मी ? ठाऊँ त यस्तो पो त मम्मी .?
केही क्षण भए नि छोराहरु रमाए…हामीहरु पनि…, न कोही जुत्ता चप्पल लगाएर जानेलाई डन्ठा लाउन उभ्भिएको छ ? न कोही फूल दलाल ? न केही कुनै रोकावट ? चुपचाप -चुपचाप रमाईलो गरियो … घुमियो , दलाल पशपतीले दिएको टेनसन पनि बौद्धको रिम्पोचेले हाँसेर धोईदिए .. !
‘थोरै पल .. भरपुर रमाईलो, भावनाभरि तरङ्ग लिएर त्याहाँबाट बाहिरयौँ …!
त्येस पछि लाजिम्पाट हस्पिटल हुँईकियौँ, बालकोट पनि , लास्टमा कोटेश्वर भाटभाटेनी .. पनि भ्याईयो …!
सबै भन्दा हत्तारको ३ दिने नेपाल गई, काम पनि बन्यो ..! हङकङ QE हस्पिटलले २०२१ मा दिएको एपोइन्टमेन्ट काठमाडौंले दुई दिनमै सबै भ्याईदियो ..!
त्येेेेसपछि , हामी छुटियौँ …….. !
“एकरात होटलको एक कोठा म सँग सुनसान चुपचाप  एक्लै बस्यो …!”
– यी सबै सबैै यथार्थ भ्रम जस्तो ! सबै अचेत विपना जस्तो…!!
श्री एयरले दिदी र छोराहरुलाई त्येही दिन घर पुर्यायो , मलाई भोलीपल्ट पनि अबेर मात्र नेपाल एयरले हङकङ अोह्राल्दियो …!!

नोट – तपाईहरु कोही मन्दिरमा भगवान पुजक हुनुहुन्छ भने फूल किन्दा होसियार हुनुस् हैै ..!!

प्रस्तुति – मनु कन्दङवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here