दम्पतिले आत्महत्या गर्दै नाबालक छोराको ज्यान लिए…

0
4

आर्थिक कारणले गर्दा एक दम्पतिले आत्महत्या गर्दै आफ्नो ७ वर्षे नाबालक छोराको समेत ज्यान लिएका छन्

साइ यिङ पुनको वेस्टर्न गार्डनको एभरग्रीन टावरमा रहेको उनीहरुको फ्ल्याटमा सोमबार राति ८ः२५ बजे घरायसी कामदार फिर्दा अनौठो धुँवाको गन्ध फैलिरहेको पाइन् ।
ग्याँस लिक भएको आशंका गर्दै प्रहरीलाई खबर गरेपछि प्रहरीले दम्पतिको बेडरुम खोलेर हेर्दा कोइला बालेर गुम्साई उनीहरुले आत्महत्या गरेको पाए ।
२ कक्षामा पढ्ने नाबालक छोरालाई बेहोस हुने औंषधी खुवाई सुताएको आशंका गरिएको छ । सुसाइ नोटमा तिर्न नसक्ने ऋणको कारण आफूहरुले आत्महत्या गरेको लेखिएको बताइन्छ ।

४० वर्षे मृतक महिला क्लर्क र ४२ वर्षे मृतक पुरुष प्रपर्टी एजेन्ट भएको बताइन्छ ।

यसरी आफूले तिर्नु सक्ने भन्दा धेरै ऋण लिनु र तिर्नु नसकेपछि आत्महत्याको बाटो रोज्नु , साथमा केही थाहा नभएको नाबालक छोराको ज्यान पनि लिनु कति कायरतापूर्ण काम , हगि?
कहिलेकाहिँ विविध कारणले हामीबाट गलत निर्णय हुन जान्छ तर त्यसलाई सपार्न तिर नलागी मरिदिएपछि त्यसको समाधान हुन्छ भन्नु पक्कै मूर्खता हो ।

मृतक परिवार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here