तेह्रथुम साँझ : गाला रातै – रबिन राई

प्रकाशित मिति
1
210

received_1245607852131482

हङकङ तेह्रथुम मञ्चले सार्वजनिक शौचालय निर्माणकार्यको लागि साङ्गीतिक मनोरञ्जन कार्यक्रममा विविध कारणले घरि कसको घरि कसको गाला रातै भो ।

सुरुमा त प्रमुख अतिथि हङकङ नेपाली महासंघ अध्यक्ष रिता गुरुङलाई उद्घोषकले “रिता थापा “भनेर  सम्बोधन गरिदिए, अध्यक्षको गाला रातै भयो ।

मञ्चभरि लाइन लागेर प्रायोजक, अतिथिहरु र कलाकारहरु ठाउँ नपुग्ने त हुने नै भो ।  ४० भन्दा बढि गन्यमान्यलाई बोलाउँदा सम्बोधन गडबड भएर उदघोषक गाला रातो पारी “सरि सरि” भनिरहेका थिए , गन्यमान्यहरु सर्ने ठाउँ नपाएर गाला रातै पारिरहेका थिए । “सबै जना माथि गएको छ त मान्छे हरु! हामी पनि माथि स्टेजमा नै जानुपर्ने हो ? “, एक दर्शक आफ्नो साथीलाई सोध्दै थिए ।

उदघोषकले १,२,३ भन्दा बेलुन सियोले घोचेर कार्यक्रम शुभारम्भ गर्ने कार्यक्रममा आयोजक संस्थाका अध्यक श्याम इङनामले ३ चोटि घोप्दा मात्रै बेलुन फुटाउन सके,  इन्जिनियर सापको गाला रातै भो ।

स्वयंसेवक नीलु बहिनी खादाको भारी बोकेर स्टेजमा सेवा गरिरहेकी थिइन् , उदघोषकले प्रायोजकको नाम बोलाउँदै प्रमुख अतिथिले खादा पहिराइदिइरहकी थिइन् । अचानक उदघोषकले नीलुको  नाम लिइदिएपछि गाला रातो पार्दै आफ्नो खादा आफै पहिरिइन् ।

प्रमुख अतिथिको आसनबाट भाषण गर्ने क्रममा हङकङ नेपाली महासंघ अध्यक्षले कार्यक्रमहरुमा प्रायोजक र दर्शकहरुले प्रायोजन रकम र टिकटको पैसा कबूल मात्रै गर्ने तर नदिने प्रवृति रहेकोले यस्तो नगरीकन सबै प्रायोजक र दर्शकलाई रकम दिन असूली मन्तब्य दिँदा  प्रायोजकहरु र उधारो टिकटमा आउने दर्शकको गाला रातै भयो ।

जिल्लाको बारेमा वर्णन गरिएको “यही हो हाम्रो तेह्रथुम जिल्ला ” गीतको भिडियो विमोचनसहित  कार्यक्रम धुमधाम सुरु भयो।

अतिथि गायकहरु “प्लिच् , कम ओन् । यस् यस्” भन्दै दर्शक नचाउन जबर्जस्ती कसरत गरिरहँदा होङ्कोङेली गायक राजु आङदङबेले पालाम् भाकामा मीठो लोकलय गाएर दर्शकको मन जिती नेपालबाट आएका कलाकारहरुको गाला रातै पारिदिए ।

मिलन अमात्यले तेस्रो पटकको हङकङ भ्रमण पनि यादगार बनाइन् । मिलन अमात्य अडियो भिज्युल गायिका हुन्, हेर्दा-सुन्दा उत्तिकै मज्जा आउने । तर आफ्नो भोकल कर्डको ख्याल नगरी चिच्याएर गाउँदा उनको लामो भविष्य नहुन पनि सक्छ । मिलन अमात्यले आयोजक अध्यक्ष र अतिथि स्टेजमा चढेर ननाचे आफूले नगाउने घुर्की लाएपछि, दौरा सुरुवालमा ठाँटिएका हङकङ तेह्रथुम अध्यक्ष  इङनाम स्टेजमा चढेर लजाउँदै नाचे, मिलनले गाइन् – “यो कान्छाको गाला रातै”।

उद्घोषिका मनुताको उद्घोषण तारिफ ए लायक थियो । उनले दिपक लिम्बूलाई स्टेजमा बोलाउँदा ” सात जन्ममा एक जन्म दिपकलाई पति पाइछाड्ने” ऐलान गर्दा , दिपकको गाला रातै भयो, मनुताको पतिको पनि भयो नै होला ।

कार्यक्रम भब्य सफल भयो, दर्शकले मनोरञ्जन लिए तर मलाई चाहिँ नवयुवक षडज साम्बहाम्फेले “मलाई पिरतीले होइन हजुर,होइन हजुर ३ पानेले जोगी बनायो”  भन्ने गीत आफ्नो  कम्पोज्  भनेर सुनाउँदा गाला रातै भो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here