तेल बोक्ने ट्यांकर बोट लाग्दा १ को मृत्यू ! साथै …

प्रकाशित मिति
0
21

आज बिहान ११:३१ बजे लामा आइलैण्डमा एक भियतनामी (तेल बोक्ने ट्यांकर) बोटमा आगलागी हुँदा २६ जना चालक सदस्यहरु मध्ये १ जनाको जनाको मृत्यू भएको छ भने ४ जना गम्भीर घाईते हुनुको साथै २ जना हराइरहेको र बाँकी सदस्यहरुलाई समुन्द्री प्रहरी लगायत फायर फायटरले उद्धार गरेको समाचार छ ।
जानकारी अनुसार १४४ मिटर लम्बाइ र २३ मिटरको चौडाइ भएको  ट्यांकर  ड्वांगोनबाट आज बिहान २:०० बजे हङकङ आइपुगेको थियो । एक अर्को ट्यांकरबाट तेल खरिद गरि आफ्नो ट्यांकरमा बाइपासको तयारी गर्ने क्रममा पाईप राम्रोसँग जडान नभइ लागो लागेको हुन सक्ने अनुसन्धानले बताएको छ । यसरी अचानक ट्यांकर विष्पोट भई आगेपछि चालक दलका सदस्यहरु बच्नको लागि समुन्द्रमा हाम फालेका थिए । घटना लगत्तै समुन्द्रीक प्रहरी तथा फायर फाइटर लगायत एम्बेलेन्सहरु उद्धारको लागि पुगेको थियो । घाइतेहरुको क्वीन म्यारी हस्पिटलमा उपचार भइरहेको छ भने हराईरहेको २ जनाको खोजि भइरहेको छ। जानकारीअनुसार जहाजको अधिकांश सदस्यहरु भियतनामिज रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here