तुफानबीच पनि साहित्य कार्यक्रम

प्रकाशित मिति
0
35

20170827_171948

हरेक महिनाको अन्तिम आइतबार आयोजित हुने साझा साहित्य शृंखला (सा सा श्री) को ६४ औ एपिसोड संयोजक डिबी लिम्बु र कार्यक्रम सन्चालिका सुनिता गिरीको आयोजनामा जोर्डन रोड स्थित नयाँ पेजको कार्यलयमा सम्पन्न भयो ।

अस्तिको १० पछि आजको ८ नम्बरको टाइफूनले सारा हङकङलाई गिजोलिरहेको अवस्थामा अपेक्षाकृत रूपमा आजको सहभागिता साबिक भन्दा न्यून रहे पनि ८ नम्बरे टाइफूनलाई शब्दको पाइतला मुनी कुल्चेर होङकोङका नेपाली साहित्य अनुरागीहरूले जनाएको यो सहभागिता वास्तबमै उत्साहबर्दक थियो।

कार्यक्रम शुरु गर्दै उदघोषिका गिरीले उपस्थित सबैलाई आसन ग्रहणको अनुरोध पश्चात् सर्वप्रथम लगभग एक महिना अघि असमायिक निधन हुनु भएकी , चित्रकला समिक्षक/ अन्वेषक डिना बाङ्ग्देलको चित्रकार दिपेन्द्र राइले कोरेको पोट्रेट मंचको अग्रभागमा स्थापनाको साथै श्रद्धाञ्जली स्वरूप एक मिनेट मौनधारण गरिएको थियो।

अघिल्लो शृन्खलामा डिना बाङ्देल प्रती श्रद्दान्जली स्वरूप सामग्री लिएर उपस्थित हुने बाचा पूरा गर्दै चित्रकार दिपेन्द्र राइले डिना बाङ्देलको छोटो परिचयात्मक चर्चा गरेका थिए।
आज डिना बाङ्ग्देललाई दिपेन्द्रले यसरी सम्झिएको थियो-

रत्न राज्य लक्ष्मी हस्पिटलमा सन 1964 मा जन्म लिएकी डिना बाङ्ग्देलको बाल्यकाल डाक्टर शेफाली प्रधानको सानिध्यमा बितेको थियो। रूपवती अनि तिक्ष्ण मस्तिष्ककि धनी डिनाले प्रारम्भिक शिक्षा सेन्ट मेरिजबाट शुरू गरि पद्म कन्या क्याम्पसमा उत्कृष्ट बिध्यार्थी भएर ऐश्वर्य स्वर्ण पदक समेत प्राप्त गरेकी थिइन। र यसले उनलाई उच्च शिक्षाको लागि अमेरिका जाने गोरेटो तिर उत्प्रेरित गराएको थियो।
अमेरिकाको उत्कृष्ट महिला बिश्वबिध्यालयबाट एशिया फिलोसफी बिषयमा एम ए प्रथम श्रेणीमा उत्तीर्ण भए पछि डिनाले ओहायो स्टेट बिश्वबिध्यालयबाट नेपाल बुद्दिजम आर्ट एन्ड डेभेलोपमेन्ट बिषयमा पि एच डी गरिन र यो बिषयमा पी एच डी गर्ने पहिलो नेपाली महिलाको गर्व हासील गरिन् ।

received_10210041687145624

उनको यो उपलब्धीलाई कदर गर्दै उनलाई अमेरिकामा डिस्टिन्कसन डिसर्टेशन अवार्ड र नेपालमा महेन्द्र बिध्याभुषण प्रदान गरिएको थियो।

अमेरिका मै रहदा बिभाकार शाक्यसंग बैबाहिक सम्बन्ध गासेर दुई छोराहरूको आमा समेत बनेकी डिना पछिल्लो समय सपरिवार खाडी मुलुक कतारमा बसोबास गर्दै आएकी थिइन। अनि 52 बर्षको उर्वर उमेरमा अमेरिकाको भर्जीनियामा उनको मृत्यू भएको थियो।
लामो समयसम्म कलासमिक्षक भएर नेपालको मौलिक चित्र कला लाई विश्व सामु उजागर गर्न ठूलो भुमिका खेल्दै आएकि डिना आफ्नै बुबा लैनसिङ्ग बाङ्ग्देललाई आफ्नो आदर्श गुरु मान्थिन। बिश्वमै कला क्षेत्रमा विशेष स्थान हासील गरेका लैन सिङ्ग बाङ्देलले लेखेका अनुसन्धानात्मक पुस्तकहरूका पछाडी उनको पनि ठूलो भुमिका रहेको सर्वबिदितै छ।

तर बुबाको नाम भन्दा पृथक रहेर गम्भीर लेखिकाको परिचय चै उनी आफैले लेखेको अनुसन्धानात्मक पुस्तक “इन्भेन्टरी अफ स्टोन स्कल्पचर अफ काठमाडौ भ्याल्लीमा” ले निर्माण गरेको थियो। पछिल्लो समयमा भने,” कला चुनौती हो, आनन्द लिने र दङ्गिने बिषय मात्रै होइन ” भन्दै उनी नेपालमा लोपान्मुख अवस्थामा रहेको प्राचीन मैथली चित्रकला र पौवा चित्रकला सम्बन्धी अनुसन्धान तथा सार्वजनिक बहसमा लागीपरेको थिइन् ।

दिपेन्द्रको आजको यो विशेष प्रस्तुतीले सा सा श्रीलाई अझै परिस्कृत रूपमा फैलिन उर्प्रेरणा प्रदान गरेको सबैले महसुस गरेका थिए।

साबिक झै आज पनि साझा शृन्खलामा उपस्थित साहित्य अनुरागीहरूले पालै पालो आ-आफ्नो रचना बाचन गरेका थिए। बिष्णु मुखियाको कबिता आमा , निरज राइको नवयूवा , पूर्णीमा जी शाहको अदृष्य आत्मा, चन्द्र मादेनको आमाको चित्कार, सुनिता गिरिको परदेशमा र बज्रकुमार थूलुङ्गको गजल अनि कबिताले रचनात्मक माहोलको सिर्जना गरेको थियो। अर्को चित्रकार रमण ओलीले (गजलकार बज्र थुलुङ्को शब्द सापटी लिएर भन्न पर्दा प्रकृतिबादी चित्रकार) ब्यस्तताको कारण चित्र कोर्न सम्भब नभए पछि मनमा उर्लेको भावनालाई कबिताको माध्यमबाट अभिब्यक्त गर्ने प्रयास गरेको भन्दै छोटो कबिता बाचन गरेका थिए।

आज केही दिन अघि साझा शृन्खलामा नै बिमोचन गरिएको पूर्णीमा जी शाहको नया कबिता संग्रह ” सपनाको क्षितिज” माथी समीक्षा गजलकार बज्र थूलुङ्गले गर्ने पूर्बनिर्धारित कार्यक्रम टाइफूनले गर्दा न्यून सहभागीताको कारण अर्को एपोसोडमा सारिएको घोषणा गरियो। स्मरण रहोस कि,सो पुस्तकबाट उठेको निश्चित रकम नेपालका बाडीपिडितलाइ प्रदान गर्ने घोषणा कबियत्रीले अघिल्लो शृङ्खला मै गरिसकेकी छिन।

आजको एपीसोडको अन्ततिर गजलकार/कवि बज्र कुमार थुलुङ्गले
सा सा श्री द्वारा प्रकाशित बार्षिक स्मारिकामा भएका रचनाहरू माथी चर्चा गरेको थियो। उनले चर्चाक्रममा हङकङको नेपाली साहित्यले गुणात्मक फड्को मारेको इतिहासको साक्षीको रूपमा यो पुस्तकको महत्त्वपूर्ण अर्थ रहने बताएका थिए। उनले अनुभवले बिजुवा /धामी मात्रै बन्न सकिन्छ डक्टर बन्न चै अध्ययन गर्नै पर्ने भन्दै साहित्य लेखनमा अध्ययनको आवश्यकता माथी जोर दिएका थिए।

यसको लागि उनले फेसबूकको म्यासेन्जरको च्याट रूममा साहित्यकर्ममा सामुहिक सहभागीताको लागि हातेमालोको ध्येय राखी ” बौद्दिक परिबर्तनको लागि अध्ययन /अध्यापन” समूह बनाएको र त्यसमा सक्रिय सहभागीताको लागि सबैलाइ आव्ह्वान समेत गरे।

अन्तमा साश्रीका संयोजक डीबी लिम्बुले हङकङमा जिजिबिषाको दास भएर बाच्नु परेको पिडामा आधारित आफ्नो कबिता बाचन गरेर कार्यक्रम समाप्तिको घोषणा गरेका थिए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here