तुकावानमा पतिद्वारा पत्नीको हत्या…

प्रकाशित मिति
0
76

आफ्नी पत्नीको हत्या गरेको भन्दै एक ३७ वर्षे अफ्रिकी मूलका ब्यक्तिले हिंजो बुधबार राति ९ः५० बजे वोङ ताइ सिन प्रहरी चौकीमा आत्मसमर्पण गरेका छन् ।

तुकावान स्थित फ्ल्याटमा बिहानीपख घरायसी झगडा हुँदा उनले आफ्नी ४० वर्षीया फिलिपिनो मूलकी पत्नीको हत्या गरेको बताइन्छ । पुलिसले पाङ चिङ स्ट्रिट स्थित
बिल्डिङबाट महिलाको लास बरामद गरेको छ । उनलाई ओछ्यानमा सुताइएको अवस्थामा भेटिएको थियो भने उनको टाउकोमा चोट भेटिएको बताइन्छ ।

अभियुक्त अफ्रिकी मुलुका गाम्बियाबाट २०१२ मा हङकङ आएका शरणार्थी आवेदक रहेको बताइन्छ भने मृतक फिलिपिन्सबाट सुरुवातमा घरायसी कामदार भिसामा
आई हङकङ आई आइ डि वाहक बनेकी बताइन्छ ।

कहाँ कहाँ को मान्छे अनेक जुक्ति लाई हङकङ आएर बिहे गरी यसरी मारामार गर्नुलाई नै पो रहेछ, हगि? मृतकलाई श्रध्दाञ्जली दिँदै हामी चैं यति सावधान बनौं कि रिसको
झोँकमा फौदारी कहिल्यै नेखेलुङ्!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here