ताइवानमा भूकम्प हङकङमा धक्का!

प्रकाशित मिति
0
79

ताइवानको समुद्री तटमा आज बिहान भूकम्प जाँदा हङकङमा पनि धक्का महशुस गरेको हङकङका लगभग १ हजार जनाले मौसम विभागलाई रिपोर्ट गरे ।
बिहान ७ः५७ बजे ६.१ रेक्टरको भुँइचालो पेङगु काउन्टीको २०.५ किलोमिटरको गहिराईमा मापन गरिएको ताइवानको मौसम विभागले बताएको छ । त्यसै क्षेत्रमा ४.७ रेक्टर स्केलको
भूकम्प ८ः१५ बजे मापन गरिएको बताइन्छ । भूकम्पले कुनै क्षति नभएको बताइन्छ , भूकम्पको केन्द्र हङकङबाट ४७० किलोमिटर उत्तर पूर्वमा रहेको बताइन्छ ।

हङकङमा ५-६ सेकेन्डको लागि धक्का महशुस गरेको केही ब्यक्तिले मौसम विभागको फेसबुक पेजमा उल्लेख गरेका छन्, कसैले सोफा हल्लिएको, कसैले पिंजडाको चरा आत्तिएको बताएका छन् ।
केही नेपाली साथीहरुले पनि भूकम्पको उल्लेख फेसबुकमा गरेका थिए , वहाँहरुको महशुस क्षमतालाई सम्मान गर्दै सिस्मोग्राफरको जागिर दिए कसो होला ,हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here