तपाईं पनि uber को सेवा ट्राई गर्ने कि?

प्रकाशित मिति
0
15

हङकङको बसोबासको क्रममा हामीले कैयौं पटक भनेको बेलामा ट्याक्सी नपाउने, पाइहाले पनि ट्याक्सी ड्राइभरसँग भाषाको कारणले समस्या पर्ने जस्ता अनुभव बेहोरेका छौं ।
Uber को ट्याक्सी सेवा विश्वमै चर्चित भएर हङकङमा पनि उपलब्ध भए पनि मैले भनेँ प्रयोग गरेको थिइनँ ।

केही पटक सामान ओसार पसार गर्दा वा कहीँ जाँदा Gogo Van को प्रयोग भने गरेको हुँ । पछिल्लो चरणमा Gogo van ड्राइभरहरुले फोन गरेर भाडामा मोल मोलाई गर्न थालेपछि मलाई यसको सेवा मन पर्न छोड्यो । उनीहरुको ब्यवस्थापनलाई शिकायत लेखेर पनि छोडिदिएँ र भरपर्दो विकल्प खोज्न लागेँ ।

मैले काम गरेको एक स्थानीय कम्पनीको काममा आवज जावत गर्नुपर्दा Uber को ब्यवस्था गरिदिएको थियो । त्यसैबेला पहिलो पटक चढेको मलाई उनीहरुको सेवा गुणस्तरीय लाग्यो ।
कम्पनीले नै चाहिएको ठाउँमा बोलाइदिने भएकोले के कति शुल्क, कसरी तिर्ने केही बुझ्ने प्रयास गरिएन ।

केही दिन अघि फुर्सदमा uber को एप्स डाउनलोड गरेँ play store बाट ।
रेजिस्ट्रेसन गर्नलाई क्रेडिट कार्ड नम्बर भर्नुपर्ने रहेछ, रेजिस्ट्रेसनमा खासै अप्ठ्यारो केही रहेनछ ।
दर्ता गरिसकेपछि तपाईं गाडी खोज्न सकिने रहेछ । Gogo Van अर्डर गरेपछि २०-३० मिनेट कुर्नुपर्ने अनुभव भएकोले त्यसै हिसाबले uber अर्डर गरेको गाडी ५ मिनेटमा आइपुग्दा पहिलोपटक अप्ठ्यारो पर्‍यो । हङकङमा ३ प्रकारका गाडी uber ले प्रदान गरेको रहेछ , जसमध्ये यात्रु संख्या अनुसार मूल्य फरक पर्ने रहेछ । गाडीमा चढ्यो, गन्तब्यमा ओर्लियो, फटाफट हिंडे भइहाल्यो, कति पैसा के भनिरहनु परेन । बिल आफ्नो इमेलमा आइहाल्ने रहेछ ।

मैले uber का निम्न फाइदाहरु देखेँ;

१. नगद पैसा बोक्ने झन्झट नहुने,
२. आफ्नो चढ्ने र ओर्लने ठाउँ अर्डर गर्दा भरेपछि ड्राइभरसँग भाषिक किचलो पनि नहुने
३. ट्याक्सी जस्तो खोजिहिंड्नु नपर्ने, खासै कुर्नु नपर्ने
४. गाडीहरु सफा र सुबिस्ताजनक
५. चढिसकेपछि ड्राइभरको सेवालाई रेटिङ दिनु मिल्ने भएकोले गर्दा उनीहरु विनम्र ब्यवहार र सहयोगी हुने

एउटा कमी के देखेँ भने अन्य देशमाहरु जस्तो हङकङमा अग्रीम बुकिङ गर्ने सुविधा दिएको छैन रहेछ, मतलब भोलि जानुपर्ने कार्यक्रमको लागि आजै बुकिङ गर्न मिल्दैन ।
uber बाट खाना पनि अर्डर गर्न मिल्ने रहेछ, तर मैले हालसम्म ट्राई गरेको छैन , गरेँ भनेँ आफ्नो अनुभव सेयर गर्नेछु ।
तपाईं पनि uber को सेवा ट्राई गर्ने कि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here