ड्राइ चिकेन मीट खाँदा प्राइमरी स्कूलका १० विद्यार्थी विरामी !

0
84

आज १४ मे, हङकङको कुन तोङ गभर्मेन्ट प्राइमरी स्कूलको १० जना विद्यार्थीहरू फुड् पोइजनको कारण अस्पताल भर्ना भएको समाचार छ । कक्षामा एक विद्यार्थीले मेन्लैण्डबाट किनेर ल्याएको चिकेन ड्राइ मीट ल्याएर सबै साथीहरूलाई खुलाएका थिए । खाएको करिब १ घन्टा नबित्दै तीन जना विद्यार्थीहरुले वमिट गर्नु सुरु गरे अरु सात जनाले स्वास्थ्यमा असहज महसुस गरे पछि विद्यालय शिक्षकले तुरुन्तै एम्बुलेन्स बोलाएर युनाइटेड क्रिश्चियन अस्पताल लगिएको थियो । साथै उक्त बिषादीयुक्ता चिकेन ड्राइ मीट पनि परिक्षणको लागि लगिएको छ । भने हङकङ स्वास्थ्य विभाग तथा स्वास्थ्य सुरक्षा केंद्रले विद्यालयमा सम्पर्क गरि अनुसन्धान गरिरहेको समाचार छ ।

“स्वाइन फीवर”को त्रास भइरहेको बेला फेरि ड्राइ चिकेनमा पनि फूड् पोइजन ..! हङकङमा हामी बाटो- बाटोमै किनेर खाँदै हिड्नु पर्ने हुन्छ , आफ्नो लागि खानाहरु किन्दा अलिक होसियारी भएर किनौँ …!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here