डबल डेकर बस दुर्घटना, २ को मृत्यु १५ घाइते !

0
3

४ मार्च सोमबार , आज बिहान करिब १० बजे हङकङको ‘वेष्ट काउलुन हाई वे’ मा   तीन सु वाइ टु एड्मल्ट्री रुटको बस चिम शा चुइ तर्फ गइरहेको बेला   967 नं को  डबल डेकर सिटी बस  कन्स्ट्रक्सन माल वाहक ट्रकसँग ठोक्किँदा २ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएको समाचार छ।जानकारी अनुसार ५९ बर्षीय बस चालकको घटना स्थलमा नै मृत्यु भएको थियो भने गम्भीर घाइते भएका  ५४ बर्षीय ट्रक चालकको  करिब ११:२५ बजे  अस्पतालमा मृत्यु भएको थियो  । दुर्घटनामा  बस पूर्ण क्षति हुनुको साथै अन्य घाइतेहरुको फायर सर्भिस तथा एम्बेलेन्सद्वारा उद्धार गरी उपचारको लागि अस्पताल लगिएको oncc ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here