ठोक्लेको नाक ..!- सुरेस चाम्लिङ्

0
4

nose2

हैट्टेरी ! ३ महिना नेपाल बसेर आको त कुन्ताको रेडिमेडै कुच्चिएको नाक,  हाम्रो समाज सेवी , धार्मिक, तथा संस्कृतिक कलाकार भनेर चिनिने , ठोक्ले दाईको …. नाकमा त  बढोमाको पट्टी पो ला छ क्या रे …..!??
अन्त है, बेहुरा त थाहा भकै हो के रे…! , तै पनि सोध्न त परि गो ….! सँगै काम गर्ने दाईको हालत देखे सी …,
यसो नाक तिर आँखा तन्काउँदै होइन के भा हो दाई ?
ए, अस्ति टनेलमा टकटकेले लागेर हो…!
अनि सिकलिभ नबसेको ? तिम्ले ढाँट्यौ क्या हो दाई ?
कसैलाई नभन् है जाँठा …. !
काँ टकटकेले लाग्नु नि ….? अस्ति काममा आउँदा बस चढ्ने ठाउँमा केटीहरु धूर लागेर नाकमा, चाकमा काँ काँ हाने हाने नि हाऊ जाँठा ..! यहाँ भन्न नमिल्ने …. ,, हिड्नु नि भा छैन….. ! के के त सुन्नि रा छ यहाँ नेर…. ऐया,, या ,,, या,,, …!!! झन्डै खसी भएँ…..!
के गर्नु जाई लाग्नु नमिल्ने , हङकङको कानुन….. ! नेपालमा भा त, मो …. जाँठीहरुको नि …..जानेको थिएँ नि,, !!! भन्छ त ….!?

अन्त , कुरा केरकार गर्दै गएको त, मोरो ठोक्ले त, चेलीबेटीलाई हैरानै खेला रैछन्त ..? बसमा काँ नेर केटीहरु बसेको छ ..? हेरि हेरि बिचमा टाँसिँदै ,घुस्रिँदै बसेर खुब पुतली नाच पो नाच्थेछ …. ! पुरा दुईटा कुहिना फिजाएर चेलीहरुको अन्डर आम्स तिर बेस्सरी सिंगौरी हान्थेछ …..!
काँ पुतली डान्स त गरो…., गरो … ,,!! मोरा, साँप्रा नि फिजाएर… चेलीहरुको साँप्रा तिर झ्याम्टा पनि पो बजाम्थ्यो रे त ……!
( फेरि बिहानै उठेर ऊ त , पूरै शंख झ्याम्टा बजार मुन्धुम सुम्धुम भजन कृतन गरेर मात्र बाहिर निस्कने मान्छे ..पो. ! )
एक जना लाई मात्र होइन पालै… पालो निक्कैलाई दुख दिई सके पछि त , भेटेछ नि ठोक्लेले त बोका धुलाई ……!!
सुन्न त म अस्ति नेपाल जान भन्दा पहिल्यै सुनेको थिएँ ,
दिदी बैनीहरु खुब रिसाउँदै कुरा गरिरहेको …… एउटा अलि चुच्चिले त, त्येसो गरिन्जेल के हेरी राको नि ? त्यो कुच्चेको नाकमा हान्नु पर्दैन … ति झन काचाक् कुचुक् हुने गरि .. ? भन्दै कराउँदै त थियो … !
एउटी सोझी रैछ क्या र .,! काँ बोल्नु नि म त आफ्नै बेइजत हुने डरले केही भनिनँ … कति खेर बस बाट ओर्लनु जस्तो मात्र भयो … !
कस्को कुरा होला भनेको त , यो जाँठो ठोक्ले दाईको पो रहेछ …….!!

हरे… ठोक्लेको बेइजत …!
अन्त फेरी , एउटा छ्यामाले अघि पो लन्चमा , ए बाबू ! यो चश्मा लाउनी कस्तो नराम्रो मान्छे हैछ ? हाम्रो नानीहरुले त…. बेस्सरी पिटो नि ….!! मलाई नि बोसमा आम्दा कुमले घोचे … घोचेई गरेर म त आजकल त्यो बोसमै चड्दिनन्त ….! भनेर पो भन्छिन् … … !
हे ठोक्ले …!
के धार्मिक भन्छस् नि पसु ….?
के कला र संस्कृतिको जगेर्ना गर्छस् नि दाई ..?
कुहिएर गन्हाउँदै …?
मोरा …! ठोक्ले दाई …, तेरो सामाजिक प्रतिष्ठालाई के सम्मान गरुँ म..? हैट, ! तर फेरी म त्येति धेरै सामाजिक प्राणीहरुलाई त मान राख्ने त होईन, तै नि कमसे कम तँलाई त दाई मानेथेँ ……….!! जाड रौसी नखाने , पसु हत्या हिंसा नगर्ने ,  मंस नि नखाने ,

हे … धार्मिक मनुवा …?  छि छि छि अब म तिम्रो कल्चरल नाच कसरी हेरुँ….?

!! हैट् ! लौ ठोक्ले दाई ,फेरी के के कार्जेकरम नि नजिक आम्दै छ नि भन्छस् … !  तँ बेगर फेरी हुन्न नि भन्छस् दाई …
लु राम्रो सँग औषधी मुलो गर.. त्यो तल हिँड्नै नहुने भा तिर चैँ नुन भुटेर सेकाऊ …. अनि तोरीको तेल नि ततार दल…. !!! आईन्दा तिम्रो पुतली नाच , झ्याम्टा घरैमा बजाएस् …… !!

भनेर भन्दिएँ ….

  • सुरेस चाम्लिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here