ट्वाइलेटमा सहकर्मीको गुप्तांगको फोटो खिच्ने पक्राउ !

प्रकाशित मिति
0
105

आज ९ मे बिहीबार दिउँसो करिब ०२:०० बजे हङकङ प्रिसेस् मार्गरेट हस्पिटल क्वाई चुङमा कार्यरत २६ बर्षीय च्यान थर गरेका पुरुष नर्सले सोही हस्पिटलमा कार्यरत पुरुष कर्मचारीको गुप्तांगको फोटो खिचेको आरोपमा पक्राउ परेका छन् ।
हस्पिटलको सौचालय भित्र आफ्नो मोबाइलले फोटो खिचेको थाहा पाए पछि पीडितले प्रहरीलाई उजुर गरेको थियो । उक्त फोटोग्राफर नर्सलाई सामाजिक मर्यादा विपरीत कार्य गरेको भन्दै शाम शुइ पो अपराध ब्युरोले अनुसन्धान गरिरहेको समाचार छ ।

पुरुष ट्वाईलेटमा मुत्र विसर्जनको लागि प्रवेश गर्ने पुरुष दाजु भाईहरु दायाँबायाँ नजर पनि लगाउनु होला है ..? नत्र भने प्रविधिको यो तिब्र बिकासले मोडल नबनिनु होला भनेर भन्न सकिएन है …!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here