ट्रेनको लिकमा हाम्फालेर आत्महत्या..

प्रकाशित मिति
0
841

आज दिउँसो २ बजे काउलुन तोङ् स्टेशनमा ताङ थरका ६५ वर्षे ब्यक्तिले हुङहोम तर्फ गइरहेको ट्रेनको अगाडि हाम्फालेर आत्महत्या गरेका छन् ।
ड्राइभरले ट्रेन रोक्न खोज्न इमर्जेन्सी ब्रेक हाने पनि ट्रेनले ताङलाई ठक्कर दिँदा उनको टाउकोमा गंभीर चोट लागेको बताइन्छ ।
फायरम्यानको टोलीले उनलाई निकाल्न आधा घन्टा लगाएको थियो ।
उनलाई अस्पतालमा मृत घोषित गरियो ।
दीर्घ रोगको कारण आफूले आत्महत्या गर्नु परेको उनले सुसाइड नोटमा लेखेको बताइन्छ ।

डिप्रेसन वा कुनै मनोरोगले ग्रसित हुनुहुन्छ भने नेपाली भाषामा निःशुल्क परामर्श लिन तल दिइएको नम्बरमा संपर्क गर्न नहिच्किचाउनु होला ।
The Samaritan Befrienders Hong Kong : 28960000

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here