ट्रेडमिलमा दौडिदा दौडिदै बेहोस पछि मृत्यु !

प्रकाशित मिति
0
63

मेगा बक्सको १८ औं तलामा रहेको फिट्नेस् सेन्टरमा हिंजो राति १० बजे ट्रेडमिलमा कुदिरहेको बेला एक्कासी अचेत भई लडेका ४५ वर्षे ब्यक्तिलाई अस्पतालमा मृत घोषित गरिएको छ ।
उनलाई फिट्नेस् सेन्टरमा रहेका कर्मचारीले तुरुन्तै अस्पताल लैजाने ब्यवस्था गरेको बताइन्छ ।
उनको मृत्यु हर्ट अट्याकको कारण भएको बताइएको छ ।

त्यस्तै आज बिहान ७ः३५ बजे एक ६० वर्षीय ब्यक्ति कुन्तोङ स्विमीङ पुलमा पौडिँदा पौडिँदै अचेत भएको बताइन्छ , उनलाई लाइफ गार्डले उध्दार गरेको र उनको उपचारको क्रम जारी रहेको बताइन्छ ।

स्वास्थ्य र दीर्घायुको लागि फिट्नेस गइन्छ तर आफ्नो शरिरको चेतावनीहरुलाई बेवास्ता गर्दा यस्तो
अप्रिय घटना पनि घट्न सक्छ ।त्यसैले कसरत गर्ने क्रममा रोगका लक्षण जस्तो देखिए तुरुन्तै रोक्नु र जाँच गराउनु नै उचित होला ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here