टिम नेपाल अक्सफाम ट्रेल २०१६ मा भिड्दै

0
7

awoo-team-nepal

भोलि हुन गइरहेको अक्सफाम ट्रेल २०१६ मा भाग लिन यसपालि नेपालबाट नेपाली सेनाका भिमबहादुर गुरुङ, पूर्ण तामाङ, बेदबहादु सुनुवार र तिर्थ तामाङ आएका छन् । उनीहरु AWOO Team Nepal S5 को नामले प्रतिश्पर्धामा भाग लिइरहेका छन् ।

यी ट्रेलवाकरहरुसँग हङकङमा प्रतिश्पर्धा गरेको र जितेको पुरानै अनुभवहरु छन् ।
भीम सन २०१४ को विजेता टोलीमा थिए भने पूर्णले हङकङमै नर्थफेस १०० जितेका थिए । त्यस्तै सन् २०१४ मै तीर्थ हङकङ १०० मा प्रथम भएका थिए भने बेद द्वितीय भएका थिए ।

त्यसबाहेक, यसै सालम तीर्थले इटालीमा भएको अल्ट्रा टुर मोन्टे रोजा जितेका थिए भने भीमले ५२ किलोमिटरको भर्टिकल क्लाइम्ब रेसमा रेकर्ड तोडेका थिए ।
स्पोर्टस् सामग्री उत्पादक AWOO ले उनीहरुलाई त्यसै स्पोन्सर गरेको होइन, गत सालको जस्तो बाटो नअल्मलिए आफ्नो टिमले पक्का जित्ने मात्रै नभई रेकर्ड ब्रेक गर्ने स्पोन्सरको दाबी छ ।
सन १९८१ देखि ब्रिटिश गोर्खा सैनिक तालिमको रुपमा हुने गरेको यस प्रतियोगिता ३५ सालसम्म निरन्तर चलिरहेको छ, र यो एक राम्रो चन्दा संकलनको माध्यम बनेको छ ।

भोलि बिहान ८:३० बजे साइकुङबाट यो प्रतियोगिता सुरु हुनेछ । म्याक्लोस् ट्रेलमा १०० किलोमिटरको यो ट्रेलवाकिङ विगतमा जस्तै पक्कै नेपाली टोलीले नै जित्ला, हत्तेरीको शुभकामना!

फोटो: scmp

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here