टाइफुनपछि साइकुङमा लास फेला पर्‍यो..

0
3

हिंजो मंगलबार ८:३० बजे साइकुङको होई पोङ स्ट्रिट नजिकैको वाटरफ्रन्टमा सरसफाईको क्रममा कामदारहरुले  फोहर मैलाको बीच एक अधबैसे पुरुषको लास तैरिरहेको अवस्थामा फेला परेका छन् ।

फायर फाइटरहरुले पानीबाट लास निकाल्न सफल भएका थिए, शरिर सुन्निएको अवस्थामा पाइएकोले आइतबारको सुपर टाइफुनले गर्दा उनको मृत्यु भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
टि सर्ट र अन्डरपाइन्टमा भेटिइएका मृतक ५० देखि ७० उमेर समूहको हुनसक्ने अनुमान गरिएको छ , उनको साथबाट आइडी वा परिचय खुल्ने केही पाइएको थिएन ।

उक्त क्षेत्रमा टाइफुनको समय कोही पनि पानीमा नखसेको बताइएकोले मृतकलाई अन्य क्षेत्रबाट पानीले बगाएर ल्याएको हुनसक्ने बताइन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here