झिल्के मामालाई छोडेर छ्यामाको हनिमुन….!

प्रकाशित मिति
0
66

jhilkemझिल्के मामालाई फसाएर टाप कसेका छ्यामा त क्या चलाख हैचन् !
उता कताराँ काम अर्ने ठिटो सँग लव पर्या हैच;! विहे अर्ने सल्लाह अरेर नेपाल गएचन् ,
बाफ रे बाफ ! नेपालाँ सही हनिमुन……… मनाएर आए रे …!

अस्ति मुईले, जोर्डनाँ देउदा एरी पुरै आँखि भौँमा ट्याटो हानेर ओँठाँ नि माथि माथि धर्को कोर्या देख्या थेँ ! होईन छ्यामा बुढेस कालाँ नि निकै राम्री भईछ्यौ नि ..!? भनेर गिज्याई दिए थेँ । सुड्डीको सुरै अर्कै हैच ..!
फेसबुकाँ फोटो देखेर; आमा छोराको फोटो होला भन्ठानेर मो ता; “नाईस पिस् ! मम् @ छोरा ” भनिहालेँ एकछिनाँ त , “हार्दिक बधाई ! नयाँ जोडीलाई” भन्ने कमेन्ट पो बुरबुरी आम्च ..!
मो ता, छक्कै परेँ बा !
छ्यामा त , विहे, सिहे गरेर आईकी हैचन् !
यस्तो “छिप्या कलिला” जोडी आजकल निकै देख्न पाईन्च यो फेसबुकाँ ..;
हरे ..!! समयकै माग त होला नि ;!
“अम्ठी वाला बिछोड” पछि त छ्यामा र मामा निकै वेखबर थिएचन् !
हिजो त फेरी जोर्डनकै दुले रेस्टिरेन्टाँ झ्याम्मै भेट भैहालेच गाँठे…!
फेल्लौरी छ्यामा लाज पचाएर मसक्क मस्किँदै मामालाई हेर्दै थि च ;
मामा त रिसले चूर.. हुँदै , के ना; हेर्न परो र फाकामा ? भन्दै दाँत मिलाम्दै बाहिर निस्किहालेचन् !
छ्यामा त हेर्या हेर्यै ..!

सुरेश राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here