झिल्के मामाको न्यू इयर (भाग ३)

प्रकाशित मिति
0
125

mandarin-orange-tree-decoration-for-chinese-new-year-2

झिल्के मामा २०१२ मा ,एडमल्ट्रीको प्यासेफिक प्लाजामा सेक्युरिटी गार्ड गर्थेचन् ; त्यति बेला,
न्यु यियरको बेलाँ नाईट ड्युटी परेको नम्बरीहरु सँग भेला भएर राति न्यु इयर मानाम्ने बाहानामा खुब ईन्जोय गरेचन् !

पाँच जनाले सात बोतल चिवास पिएचन् ; ओन्त रात भर नेपाली लोक गीत,
“गालैमा रैछ डन्डीफोर,
माया लाउँ भने हुन्छ क्यार बोर ”

गीत पुरै मोबाईल बाट स्पिकरमा लगाई लगाई नाँचेछन् ।
त्यो गीताँ फेरी मोडेलहरु मामाको फेभरेट .. हब्सीनीहरुको बेली डान्स…. रच !
ओन्त; पिएको झोँकाँ भिज्वल हेर्दै नाँच्दा नाच्दै त ; डेकुरेसनको लागि ल्याईएको ‘म्यान्डरिन ट्री’ त सब भुत्लाएर पात भुँईभरी , बोक्रै सरी खाएर, पेक्ताएर ,निचोरेर भुँईभरि पारेचन् ! !! बाफ् रे ..!!!

भोलीपल्ट म्नानेजर आम्दा त …. झिल्के ग्रुप त परेचन् फसादाँ ..!!
म्यानेजरलाई सबले स्टेट्मेन लेखेर दिन परेच;
म्यानेजरले १ महिनाको तलव कट्टी गरे पछि , १२ हजार डलर भएको तलव त , झिल्के ग्रुपको एकै राताँ स्वाहा: !!

हन ; यी मामा कति पनि अचाक्ली , उपद्रे, स्याउसी होला !?
पक्कै यिनले त्यो गीतमा हब्सीनीको फिगर देखेर मातेको झोकाँ ; म्यान्डरिनको त्यो हाल पारेको हुन पर्च…..?? !!
अहिले त झिल्के मामा कोन्टोक्सनाँ चन् क्यारे !
लन्च टाईममा जहिले नि चश्मा लाई वरी त्येही गीत यू ट्यूबाँ हेरेर बस्चन् …..!
आज मुईले म्यान्डरिन ल्याएर खान देको त मामाको ईतिहाँस बल्झिहाले च; उनले वाचन गरि हाले ।

 

  • सुरेश राई

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here