झगडा गरेको अभियोगमा पुलिस पक्राउ…

प्रकाशित मिति
0
145

policeman_hong_kong

बुधबार बिहान साढे ३ बजे अफ डिउटीमा रहेका ३ जना पुलिसकर्मी र ३ जना युवती बीच भीडन्त हुँदा ६ जनालाई नै पक्राउ गरिएको छ ।
मंकोक रोडमा तीन मध्ये एक युवतीले आफूमाथि यौन दुर्ब्यवहार भएको आरोप लगाएकी थिइन् । झगडाको क्रममा ती पुलिस जवानमाथि कुर्सी समेत प्रहार भएको बताइन्छ ।

सामान्य घाइतेँ भएका झगडालुहरुलाई कोङ वा अस्पतालमा उपचार गरी मंकोक पुलिस स्टेशनम सोधपुछको लागि लगिएको थियो । पुलिस जवानहरु दोषी पाइएमा पुलिस डिपार्टमेन्टले हदैसम्मको अनुशासनको कार्यवाही गर्ने प्रतिबध्दता ब्यक्त गरेको छ ।

गत हप्तामात्रै क्रिसमस पार्टीमा कुन्तोङ पुलिस स्टेशनका सुपरिटेन्डेन्टलाई पिएर महिला पुलिसकर्मिमाथि अभद्र ब्यवहार गरेको समाचार बाहिर आएको थियो । सिनियर सुपरिन्टेन्डेटको नेतृत्वमा यस काण्डमा अनुसन्धान भैरहेको बताइन्छ, पुलिस कमिस्नरले हङकङ पुलिसमा यौन शोषण सह्य नहुने बताएका छन् । त्यस्तै गरी पैसा लिएर गोप्य सूचना अभियुक्तलाई चुहाएको अभियोगमा २ जना पुलिसमाथि अनुसन्धान गरिरहेको छ ।

हङकङको पुलिसभित्रका भ्रष्टाचारहरुले गर्दा निश्चय  नै हङकङ पुलिसको छवि धुमिल हुँदै गएको सर्वसाधारणले महसुस गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here