ज्ञान र प्रतीकको सहकार्य ‘तिम्रो याद’मा

प्रकाशित मिति
0
207

गत हप्ता ‘तिम्रो याद’ बोलको गीत सार्वजनिक भएको छ।

जुनेली रातमा आफ्नो प्रेयसीको मीठो संझनालाई शब्द भावमा राम्ररी अभिब्यक्त गर्न सकेका शब्दकार प्रतीक चाम्लिङलाई स्वर तर्फ ज्ञान सुब्बा र संगीत तर्फ दिनेश सुब्बाले साथ दिएका छन् ।
संगीतकार दिनेश सुब्बासँग गायक ज्ञान सुब्बा र गीतकार चाम्लिङले यस अघि अरु गीतहरुमा सहकार्य गरिसकेका भए पनि गायक ज्ञान सुब्बा र गीतकार प्रतीक चाम्लिङको यो पहिलो सहकार्य रहेको छ ।
यस गीतका तीनै सर्जक लगभग २ दशकदेखि हङकङमा बसोबास गरिरहेका छन् ।

यस गीतको एरेन्ज गोपाल रसाइलीले र मिक्सिङ/मास्टरिङ मिन बिष्टले गरेका हुन् ।
मोडलद्वय सुमी मोक्तान र रितेश गुरुङको कुशल अभिनयले गीतको भावलाई दुरुस्तै उतार्न सकेको छ ।

सोनाम पाख्रिनको निर्देशन रहेको यस म्युजिक भिडियोमा उत्सव दाहालको छायाङ्कन , सुशील न्यौपानेको सम्पादन , सुरेन्द्र बसेलको कोरियोग्राफी र विमला तामाङको मेकअप रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here