ज्ञान र कलाको ‘झरना झरी’

प्रकाशित मिति
0
83

हङकङबाट युके बसाइँ सरेपछि संगीत क्षेत्रबाट लगभग टाढिएकी गायिका कला चेम्जोङले हङकङमै रहेका गायक ज्ञान सुब्बासँगको युगल गायनमा रहेको गीत ‘झरना झरी’ को म्युजिक भिडियोबाट संगीत क्षेत्रमा पुनरागमन गरेकी छिन् । हालै सार्वजनिक भएको उक्त म्युजिक भिडियोमा पोषराज दाहालको शब्द र साज सिंहको संगीतमा रहेको छ । मिन बिष्टको मिक्सिङ र मास्टरिङ गरेको यस गीतलाई चाँद सिंहले म्युजिक एरेन्ज गरेका छन् ।

निकै रोमान्टिक भावको यस गीतको म्युजिक भिडियोमा चर्चित मोडल निराजन प्रधान र निराञ्जली लामाको अभिनय रहेको छ भने यस गीतको म्युजिक भिडियोलाई सोनाम पाख्रिनले आकर्षक तरिकाले निर्देशन गरी तैयार गरेका छन् । उत्सव दाहालको छायाँकन र सुशील न्यौपानेको सम्पादन रहेको यस गीतको म्युजिक भिडीयोलाई महेनध्वज खाँडले निर्माण गरेका हुन् ।

कला युके जानु पूर्व हिमालय टोन्सको स्टुडियोमा गायक-गायिकाले स्वराङ्कन गरेकोले यस गीतलाई पूर्ण रुपमा कलाको पुनरागमनै मान्न त नसकिएला तर यस गीतको रिलिजसँगै उनले नयाँ सांगीतिक कोसेलीहरु पस्किने कुरामा आशावादी हुन सकिन्छ । गायक ज्ञान सुब्बाले भने गत ६ महिनामा ७ गीत रिलिज गरिसकेको बताउँछन् र चाँडै अडियो सि डी हरु रिलिज गर्ने तैयारीमा रहेको बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here