जोशुवालाई चुनाव उठ्न दिइएन…

प्रकाशित मिति
0
1293

डेमोसिस्टो पार्टीका सचिव तथा चर्चित युवा नेता जोशुवा वोङलाई जिल्ला परिषदको निर्वाचन उठ्नबाट बन्देज गरिएको छ ।

नोभेम्बर २४ मा हुन लागेको निर्वाचनको लागि उनले साउथ होराइजन क्षेत्रबाट उम्मेदवारी दर्ता गराए पनि हङकङ स्वायत्तता सम्बन्धी उनको धारणालाई लिएर उनको निवेदनलाई निर्वाचन आयोगले खारेज गरिदिएको हो ।
निर्वाचनमा सहभागी हुनलाई हङकङ चीनको अभिन्न अंगको रुपमा स्वीकार गर्नुपर्ने नियम रहिआएको छ । जोशुवा वोङको नीतिलाई लिएर उनीसँग पटक पटक स्पष्टिकरण मागिए पनि अन्ततः उनलाई चुनाव लड्नबाट वञ्चित गरिएको छ । लोकतन्त्रपक्षधर २३ वर्षीय वोङले आफू र आफ्नो पार्टी अलगवादी नभएको र स्वतन्त्र हङकङको पक्षमा नरहेको बताएका थिए ।

निर्वाचन आयोगले पहिले खटाएको अधिकृत डोरोथी माले अनुसन्धानको क्रममा अनिश्चित अवधिको लागि बिरामी विदा बसिदिएपछि सट्टामा आएकी लारा एरोनले उक्त निर्णय दिएकी हुन् । यसरी बन्देज गरिनेमा वोङ पहिलो उम्मेदवार भएका छन् ।

उनीमाथिको निर्वाचन प्रतिबन्धले आन्दोलन अझै चर्काउने अनुमान गर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here