जोर्डन सब्जिबजारको काइबोमा प्रहरीको गोलीबाट एकको मृत्यु !

0
8

१६ मार्च , आज शनिबार दिउँसो करिब १२ बजे हङकङ याउ मा तेइ संघाई स्ट्रिट र रिक्लामेसन स्ट्रिटको कर्नरमा रहेको “78” काइबो सुपरमार्केटमा ( सब्जि बजार) एक छुरावाला मानिसलाई प्रहरीले गोली प्रहार गरेको समाचार छ ।

याउ चिम डिस्ट्रिक क्रिमिनल एसिस्टेन्ट कमान्डर झोङबिनका अनुसार एक ५० बर्षीय मानिस १६ इन्च लामो छुरा लिएर ब्याट्री स्ट्रिट तिरबाट दगुर्दै गरेको सुचना पाई प्रहरीले वार्निङ दिँदै पिछा गरेको थियो । पिछा गर्दा गर्दै पनि वेवास्ता गरि  दौडेर सुपर मार्केट भित्र पसि  प्रहरीकै सामुन्ने सुपर मार्केटको म्यानेजरको टाउकोमा छुरा प्रहार गरेको थियो, प्रहरीले  २ पल्ट सम्म मौखिक चेतावनी दिए पनि अटेर गरे पछि १ मिटरको दुरीबाट  दाहिने छातिमा गोली प्रहार गरेको बताएको छ । घटना पछि दुवैलाई अस्पताल लगिए पनि गोली लागेको छुरावाला मानिसको मृत्यु भएको समाचार छ ।
घटना हुनु भन्दा केही पहिले उक्त छुरावाला र सुपरमार्केट  बिच विवाद भएको र पुन: आवेगमा छुरा लिएर दौडदै सुपर मार्केटभित्र प्रवेश गरि म्यानेजर माथि प्रहार गरेको प्रत्यक्षदर्शी तथा प्रहरी अनुसन्धनले जनाएको छ।

मृतक
घाइते काइबो म्यानेजर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here