जोर्डन एम टि आर मा आरोपित ४ मुुक्त

प्रकाशित मिति
0
211

jordan fight

सबूत प्रमाणको कमी भएको भनी जोर्डन एम टि आर मा झगडा गरेको अभियोग खेपिरहेका ४ जना भारतीय मूलका ब्यक्तिहरु छुटेका छन् ।

सत्नाम सिंह, जसविन्दर सिंह, विक्रमजीत सिंह र महम्मुद वाहिद खान लाई पीडितहरुले सनाखत गर्न नसकेको , घटनाको सिसिटिभी फुटेज नहुनु र पीडितहरूको बयानसँग मेल नखाएको भनी छुटकारा मिलेको हो ।

गत साल सेप्टेम्बर २१ मा जोर्डनको स्टेसनमा ट्रेन कुरिरहेका दिपक  संगारी, हरदिप सिंह र हरपाल सिंह सहित ६ जनाको समूहलाई ९-१० जनाको समूहले हतियार सहित आक्रमण गरेको थियो ।

आरोपीहरु मध्ये ती ३ जनाले अमनदिप सिंहलाई मात्रै पहिचान गर्न सकेको बताइन्छ । अमनदिपले आरोप स्वीकार गरिसकेको बताइन्छ , उनलाई बिहिबार सजाय सुनाइनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here