जोर्डन एम टि आर छुरा काण्डका अभियुक्तलाई जेल..

प्रकाशित मिति
0
112

jordan fight

सबूत प्रमाणको कमी भएको भनी जोर्डन एम टि आर मा झगडा गरेको अभियोग खेपिरहेका ४ जना भारतीय मूलका ब्यक्तिहरु छुटेका छन् भने आरोपीहरु मध्ये ३० वर्षे अमनदिप सिंहलाई ३ सालको जेल सजाय दिइएको छ । आज भएको फैसलामा भारतको पंजाबबाट आएका आप्रवासी संग्लग्न भएको भन्दै न्यायधीश अमान्डा वुडककले हङकङ जस्तो सभ्य शहरमा त्यस खालको हिंसक ब्यवहार देखाउने आप्रवासी भित्र्याइन नहुने बताइन् ।

सत्नाम सिंह, जसविन्दर सिंह, विक्रमजीत सिंह र महम्मुद वाहिद खान लाई पीडितहरुले सनाखत गर्न नसकेको , घटनाको सिसिटिभी फुटेज नहुनु र पीडितहरूको बयानसँग मेल नखाएको भनी छुटकारा मिलेको हो ।

गत साल सेप्टेम्बर २१ मा जोर्डनको स्टेसनमा ट्रेन कुरिरहेका दिपक  संगारी, हरदिप सिंह र हरपाल सिंह सहित ६ जनाको समूहलाई ९-१० जनाको समूहले हतियार सहित आक्रमण गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here