जोर्डनमा दुर्घटना!

प्रकाशित मिति
0
1222

आज दिउँसो २ बजे जोर्डन रोडमा एक महिलालाई एउटा प्राइभेट कारले ठक्कर दिई घाइतेँ बनाएको समाचार छ ।

काउलुन क्रिकेट क्लब नजिकै भएको उक्त दुर्घटनामा कारको अगाडिको दाहिने भागले महिलालाई ठक्कर दिनुको साथै केही बेर घिसारेको बताइन्छ ।

उनलाई उपचारको लागि नजिकै रहेको क्वीन एलिजाबेथ अस्पताल लगिएको बताइन्छ । प्रहरीले दुर्घटनाको कारण अनुसन्धान भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here