जुलुसमा अढाई लाख सहभागी, मंकोकमा भयो भीडन्त

प्रकाशित मिति
0
972

हिंजो दिउँसोको सरकार विरुध्दको विशाल र्‍यालीको समाप्ति पछि केही आन्दोलनकारीहरुले आन्दोलन जारी राख्दै मंकोक अुकपाई गरे ।
राति ९ बजे उनीहरुले मंकोक क्षेत्रमा सडक अवरुध्द गरेपछि ११ बजे राति प्रहरीले बल प्रयोग गर्दै आवागमन खुलाएको बताइन्छ ।
त्यस क्रममा प्रहीले ६ जना आन्दोलनकारीलाई पक्राउ गरेको छ ।

मंकक आन्दोलनमा घाइते

दिउँसो चिम सा चुई देखि सुरु भएको प्रदर्शन भने शान्तिपूर्ण तवरले वेस्ट काउलुन रेल वे स्टेसन नजिक गएर टुंगिएको थियो ।
उक्त जुलुसमा २ लाख ५० हजार सहाभागी रहेको बताइन्छ । चीन जाने हाइ स्पीड रेल स्टेसनमा प्रदर्शन गरेर मेनल्यान्डवासी
चिनियाँहरुलाई हङकङको स्थिति अवगत गराउने भन्ने जुलुसको उद्देश्य रहेको बताइन्छ ।

कति मेनल्यान्डवासीले हङकङेहरुले आफ्नो अधिकारको लागि लड्नुपर्ने भनेर सकारात्मक प्रतिक्रिया दिए पनि
कतिले भने बेकारमा राजनैतिक मुध्दाहरुमा बल खर्चिनु भन्दा आर्थिक, वातावरणीय जस्ता महत्वपूर्ण कुरामा
हङकङेहरुले ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here