जित्यो नेपाली टिमले अक्सफाम ट्रेलवाक १००..

0
3

awoo-team-nepal

१०० किलोमिटरको अक्सफाम ट्रेल २०१६ मा भाग लिन यसपालि नेपालबाट आएका नेपाली सेनाका भिमबहादुर गुरुङ, पूर्ण तामाङ, बेदबहादु सुनुवार र तिर्थ तामाङ सम्मिलित AWOO Team Nepal S5 ले ११ घन्टा १ मिनेटमा निर्धारित दूरी पार गरी विजेता बनेको छ ।

३४ औं श्रृङखला जित्दा पोहोरका विजेताहरु हङकङका स्थानीय चिनाहरुको टोली ।S53 “2XU UFO” ले ११ घन्टा ५८ मिनेट लगाएको थियो ।विजयी भए पनि अक्सफाम ट्रेलमा सन २०१३ मा Team Columbia S1 ले कायम गरेको १० घन्टा ५८ मिनेटको हालसम्मको रेकर्डलाई तोड्न  AWOO Team Nepal S5 असफल भएको छ , रेकर्ड होल्डर टिम कोलुम्बियामा पनि नेपालीहरु नै सहभागी थिए ।

यो च्यारिटी ट्रेल वाक प्रतियोगिताबाट ३ करोड ५० लाख डलर अर्थ संकलन गर्ने आयोजकको लक्ष्य रहेको छ जुन विश्वभर गरिबी निवारण र प्राकृतिक प्रकोपमा राहत प्रदान गर्न खर्च गरिन्छ ।

१९८१ देखि गोर्खा सैनिकहरुको लागि कसरतको रुपमा सुरु भएको यो प्रतियोगिता १९८६ देखि सबैको लागि खुल्ला गरिएको थियो ।हालसम्म ९३ हजार मानिसले यसमा भाग लिइसकेका छन् भने यसले ५०० मिलियन डलर भन्दा बढी रकम संकलन गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here