जाली नोट सहित ४ जना पक्राउ

प्रकाशित मिति
0
28

fake notes

जाली नोट कारोबार गरेको  अभियोगमा पुलिसले हङकङमा ४ जनालाई पक्राउ गरेको छ।
मंगलबार नर्थ प्वाइन्टको किङ्स रोडमा एक २८ वर्षको ब्यक्तिलाई ७ वटा ५ सय डलरको जाली नोट बोकेको अवस्थामा पक्राउ गरिएको थियो ।

उसकै सुराकीको आधारमा २५ देखि ६४ वर्षका थप २ जना पुरुष र १ महिलालाई प्रहरीले चुनमुन र नर्थ प्वाइन्टबाट पक्राउ गर्यो।उनीहरूको साथबाट २५ वटा हजारका र ९ वटा पाँच सय डलरका नोट बरामद गरिएको थियो ।

बरामद नोटहरू कमसल स्तरको सामान्य खाले प्रिन्टरले छापिएको प्रहरीले बताएको छ।
गत शनिबार-आइतबार नर्थ प्वाइन्टका दोकान र ट्याक्सीहरुलाई ५ सयको जाली नोटले भुक्तानी गरिएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here