जातिय विभेद गरेको भन्दै लेइटनमाथि मु्द्दा!

प्रकाशित मिति
0
36

आफूमाथि जातिय विभेद गरिएको भन्दै एक बेलायती ब्लास्टिङ विशेषज्ञले कम्पनीमाथि मुध्दा दायर गरेका छन् ।

सन २०१० देखि लेइटन कन्ट्रयाक्टर्सको हङकङ टनल प्रोजेक्टमा ब्लास्टिङ मेनेजरको रुपमा काम गर्न थालेका फ्रान्सिस् विलियम हेडनले कम्पनी विरुध्द मुद्दा दिएका हुन् ।
काममा ‘क्वाई लो’ ( भुत जस्तो मान्छे) भनेर खिसीको भाषा प्रयोग गर्नुको लगायत आफू गैर चिनियाँ भएकै कारण हेलामा पारिएको उनको दाबी छ ।

चुङ क्वान ओ -लाम तीन टनल प्रोजेक्टमा आफूले अस्ट्रेलियन कामदारहरु सिफारिस गरे पनि वर्क पर्मिटको झन्झट हुने भन्दै नल्याइएको बरु चीनबाट ल्याइएको उनको भनाइँ रहेको छ ।
चीनबाट ल्याउँदा पनि वर्क पर्मिट चाहिने भएकोले गर्दा केवल गैर चिनियाँ माथि विभेद गर्ने मानसिकताले गर्दा नै यस्तो गरिएको उनको आरोप छ ।

कति मिटिङहरुमा पनि आफूलाई संग्लग्न नगराउने र आफूमुनिका कामदारलाई अरुले नै निर्देशन दिने गरेको पनि उनको आरोप रहेको छ ।
सन २०२१ सम्म अवधि रहेको प्रोजेक्टमा जातिय विभेद बारे कम्पनीमा रिपोर्ट गरेकै कारण गतसालको फेब्रुअरी देखि कम्पनीले उनलाई निष्काशित गरेको उनको आरोप छ ।

ओल्धाम, लि एन्ड नाइ सोलिसिटर्स मार्फत मु्द्दा दायर गरेका उनले क्षतिपूर्तिका साथै कम्पनीको तर्फबाट माफी र जातिय विभेद सम्बन्धि कर्मचारीलाई तालिम दिने माग गरेका छन् ।

यो समाचार पढ्दा तपाईंलाई पनि आफूले भोगेका विभेदपूर्ण ब्यवहारहरुको संझना भयो होला, र ठिक गरेछ भन्नु होला । जति हामीहरुले भोगेका हुन्छौं त्यति मात्रामा ‘क्वाई लो’ …सरी सरी गोरो वर्णका साथीहरुले विभेद भोगेका हुँदैनन् भन्ने पनि लागेको होला । तर विभेद सहेर बस्नु चाहिँ हुँदैन है, EOC (Equal opportunity Commision) मा आफूमाथि भएका जातिय,लैंगिक, कुनै पनि प्रकारको विभेद बारे उजूरी दिन सकिन्छ है । वेबसाइटको लिंक यहाँ छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here