छोराको हत्या गरी आत्महत्याको प्रयास..

0
7

आफ्नो २३ वर्षे छोराको हत्या गरेको आशंकामा ५५ वर्षीया महिलालाई उनको चुङ क्वान ओ को सिन मिङ स्टेट स्थित आवास बाट पक्राउ गरिएको छ ।

अभियुक्त महिलाले शनिबार राति आफू र आफ्नो छोराले विष खाएको भन्दै सेक्युरिटी गार्डलाई बताएपछि पुलिसलाई खबर गरिएको थियो । पुलिस घटनास्थलमा पुग्दा मृतकलाई सोफामा पल्टिरहेको अवस्थामा भेटे, उनको शरिरमाथि ब्ल्याङ्केट ओडाउनुको साथै ब्याडमिन्टन रेकिट राखिएको थियो । घाँटीमा दागहरु देखेपछि
पुलिसले महिलामाथि आशंका गरेको हो । पुलिसले घटनास्थलबाट स्लिङ पिङ ट्याब्लेट पनि बरामद गरेको छ भने महिलाको सुसाइड नोट पनि फेला पारेको छ । छोराको मृत्यु १-२ दिन अगावै भइसकेको अनुमान गरिएको छ ।

सुसाइड नोटमा आफूहरुले आत्महत्या गर्न लागेको र कसैलाई कसुरवार नठहराउन आग्रह गरिएको बताइन्छ ।

महिलाले छोरालाई स्लिपिङ् ट्याब्लेट खुवाई बेहोसीको अवस्थामा मोबाईलको चार्जरको तारले घाँटी कसेर मारेको र आफैं पनि डोरी लगाई झुन्डिने प्रयास गरेको आशंका गरिएको छ ।

महिला डिप्रेसन र मानसिक रोगी भएको बताइन्छ ।

आफू वा आफ्ना नजिकैका आफन्तलाई मानसिक रोग लागेको शंका लागेमा कृपया तुरुन्तै उपचारको लागि पहल गर्नुहोला , नत्र यस्तै अप्रिय घटना पनि घट्न सक्छ । देखिन्छ

हङकङमा 852 2896 0000 या +852 2382 0000 फोन गरी निःशुल्क परामर्श लिन सकिन्छ । चिना वा अंग्रेजी बोल्न नआए पनि समस्या पर्दैन, यी संस्थाहरुले दोभाषेको पनि ब्यवस्था गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here