छुट्टी घोषणा नगरेकोमा जनआक्रोश..

0
4

सुपर टाइफुनपछि आज बिदा घोषणा नगरेको कारण हङकङका जनताले हङकङ प्रमुख क्यारी लामप्रति आक्रोश ब्यक्त गरेका छन् ।
कति कामदारहरुले बिना  एयरकन्डिसनको कार्यालयमा काम गर्नुपरेको बताएका छन् भने  कैयौंले लिफ्ट चढ्न १-२ घन्टै कुर्नुपरेको बताएका छन् ।

यातायात सेवा नियमित रुपमा नचलेको कारण काममा जाने कामदारहरुले धेरै सास्ती बेहोर्नु परेको बताइन्छ ।
KMB ले सडकहरु अवरुध्द भएको भन्दै सुरक्षाको कारण देखाउँदै धेरै जसो रुटहरुमा बस चलाएको थिएन भने फेरी,मिनिबस र अन्य यातायातहरु पनि कमै मात्र चलेका थिए ।

लामको फेसबुक स्ट्याटसमा लगभग १८ हजार जनाले आक्रोश ब्यक्त गरेका थिए भने केवल १७०० जनाले प्रशंसा जनाएका थिए ।
लामले आजको दिन काममा ढिलो आउने वा हाजिर हुन नसक्ने कामदारहरुलाई कार्यवाही नगर्न रोजगारदाताहरुलाई अपील गरेको बताएकी छिन् ।
आलोचकले भने सरकार आफैले इमर्जेन्सी सेवा बाहेकका सरकारी कर्मचारीहरुलाई विदा दिएर मकाउ सरकारले  जस्तै उदाहरण दिन नसकेको बताएको छ ।

हुन पनि त्यस्तो भयावह टाइफुनको रौद्र रुप देखेको लगत्तै भोलि बिहानै एम टि आर को कुम्भ मेलामा कुश्ती खेल्न पुग्नुपरेपछि जनता कहाँ खुसी हुन्छन् र?
तर हङकङमा एकदिन छुट्टी गर्दा ७.३ बिलियन हङकङ डलर घाटा पर्ने विज्ञहरुको भनाइँ छ , अन्त कहाँबाट छुट्टी घोषणा गरोस् सरकारले ?

हाम्रो नेपालमा पो त छिमेकी सरकार प्रमुख आउँदा पनि छुट्टी हुन्छ विपक्षी दललाई रिस उठे पनि बन्द हुन्छ, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here