छिङ मिङ पर्व (Ching Ming Festival) – किन्दर राई

0
5
Bowing_1864893i
परिचयः
 जन्मसँग संगै मृत्यु बोकेर आएको मान्छे एक दिन मरेर जान्छ । मरेर गइ सकेपछि उस्को आत्माको अस्तित्व रहने हो वा नरहने हो, उसका भावी सन्ततीले गरेको प्रगती, भोगेको जिन्दगीको बारेमा जानकार हुने हो होइन र आफु प्रति गरेको श्रद्धा वा अपहेलना थाहा पाउने हो होइन तर मान्छेले आफ्ना मरेर गएका पुर्वजहरुलाई मान्दै आएका छन् , श्रद्धा गर्दै आएका छन् र पुजा गर्दै आएका छन् । यसरी आफ्ना मरेर गएका पुर्वजहरुलाई श्रद्धा गर्नका लागि स्थापित भएको चाइनिजहरुको एउटा प्रमुख चाड हो “छिङ मिङ पर्व” ।
हङकङका हामी नेपाली समुदाय बिचमा “चिङ मिङ” भनेर प्रचलीत भएको यस पर्वको वास्तवीक नाम “छिङ मिङ” हो । चाइनिज(क्याण्टोनिज)मा यसको पुरा नाम छिङ मिङ चित् (清 明 節) हुन्छ भने अंग्रेजीमा Ching Ming Festival वा Qing Ming Festival हुन्छ । चाइनिजको दुइवटा शब्द “छिङ् (Ching/Qing) Æ र “मिङ्(Ming)”  मिलेर यो पर्वको नाम रहेको छ । यहाँ छिङको अर्थ शुद्ध (Clear)  वा सफा हुन्छ भने मिङ को अर्थ चम्किलो (Bright)  हुन्छ । यर्सथ “छिङ मिङ चित्”को शाब्दीक अर्थ सफा र चम्कीलो पर्व हुन्छ ।
यो पर्व वर्षा ऋतुको आगमनमा अर्थात अप्रील महिनाको ४ वा ५ तारिकको दिन पर्दछ । वर्षा ऋतु लागेपछि घुलो मैलो हराउने आकास पनि स्वच्छ र सफा भई जताततै हरियाली छाउने भएकोलो नै यस पर्वको नाम छिङमिङ अर्थात सफ र चम्कीलो पर्व (Clear and Bright Festival) रहन गएको हो भन्ने भनाइ रहेको छ । तर यस पर्वको मुख्य मर्म चाही मरेर गएका पुर्वजहरु प्रति श्रद्धा देखाउनु भएकोले अंग्रेजीमा भने अन्य विभिन्न नामहरुले चिन्ने गरिएको छ । जस्तो Festival for Tending Graves, Grave Sweeping Day, Chinese Memorial Day, Tomb Sweeping Day आदी ।
चाइनिजहरुको मौलीक परम्परा अनुसार मरेका मृतकहरुलाई गाड्ने चलन छ । गाडे पछि बनेको चिहानलाई राम्ररी सरसफाई गर्नु पनि यस पर्वको मुख्य एउटा पक्ष भएकोले यसलाई अंग्रजीको माथिको नामहरु दिइएको हो । त्यसैलै चिनमा प्रकाशन हुने अंग्रेजी पत्रिकाहरुमा सबै भन्दा प्रचिलीत अंग्रेजी नाम चाही Tomb Sweeping Day अर्थात चिहान सफा गर्ने पर्व हो । यस दिन चीन, ताइवान, हङकङ र मकाओमा र्सार्वजनीक बिदा दिइन्छ भने सिंगपुर मलेसिया क्यानाडा लगायत चाइनिज सामुदाय भएको ठाउँमा पनि यसलाई धुमधामसँग मान्ने गरिन्छ । धार्मीक रुपमा भन्ने हो भने बुद्धिष्ट, ताओइष्ट, र अन्य चाइनिज लोक धर्मालम्बीहरुले यो चाड मनाउने गर्दछन् ।
शुरुवात र मनाउने तरीकाः
    मरेर गएका पुर्वजहरुको आत्माले पनि जिउदो हुदाको अवस्थाका आवस्यक चिजहरु चाहन्छन भन्ने आम धारणा चाइनिजहरु पनि रहेको थियो । आजको आधुनिक युगसम्म आइ पुग्दा पनि यस्ता धारणाको अवसेष रहीरहेकै छन । यस अनुसार उनिहरुले आफ्ना मरेर गएका पुर्वजहरुलाई उनिहरुको आत्माले चाहने भनिएको चिजहरु उनिहरुको चिहानमा राखी दिने चलन परापुर्वकाल देखी चल्दै आएको थियो । भनिन्छ आफ्नो क्षमताले भ्याए सम्मका सरसामनहरु चिहानमा राखी दिनेकाम प्रत्येक दुइ दुइ हप्तामा वर्षौभरि हुने गर्दथ्यो । यो क्रम ताङ वंशिय राज्यकालको राजा शुवाङ चोङ (Xuang Zong) को पाला सम्म रहेको थियो । अनावस्यक धेरै खर्चबाट बच्नको लागि राजा शुवाङ चोङले सन ७३२ मा एक वर्षमा एक पटक मात्र यस्ता सामानहरु राखी दिने र चिहानको सरसफाई गर्ने नियम बनाई दिए पछि यसलाई वर्षमा एकपटक अप्रील ५ मा मनाउन थालिएको हो ।
यस चाडमा चिहानमा गएर गर्नु पर्ने धार्मीक विधीहरुमा  चिहानको सर सफाई, खानेकुरा चढाएर पुजा गर्ने काम नै हो । चिहानका वरीपरी उम्रेका अनावस्यक झारहरु उखेल्ने, मरेका र ओलाएका फुलहरु उखेलेर त्यसको ठाउँमा नयाँ फुलहरु रोप्ने चिहानको ढुंगा वा सिमेण्टको ढलान भए यसलाई सफा गर्ने गरिन्छ । यसपछि धुप वाल्ने कामका साथै मरेकामान्छेको आत्माहरुलाई भनेर खानेकुरा र कागजको नक्कली नोट चढाउने काम हुन्छ । उनिहरुको बिस्वास छ कि स्वर्गमा पनि बैंक हुन्छ र यो पैसा उनिहरुले प्रयोग सक्छन । खानेकुरामा चाही, सिंगै उसिनेको कुखुरा जस्को टाउको पछाडी फर्काइएको हुन्छ , कडा हुने गरि उसिनेको अण्डा बोक्रासँगै लाम्चो गरि दुइ फ्याक गरि काटिएको, सानो सानो गरि काटेर रापमा पकाएको सुंगुरको फलमासु (छास्यु), रोष्ट गरिएको सुंगुरको छाला सहितको मासु लगायत तिमसम प्याष्ट्री र चाइनिज रक्सी मुख्य रुपमा रहेका हुन्छन् । यस वाहेक तिनजोर चपेष्टिक र तिनवटा  चाइनिज रक्सी पिउने कप रहन्छन् । यी सबै चिजहरु चिहानको मुख्य ढुंगा वा ढलानमाथी राखे पछि पुजाको कार्य आरम्भ हुन्छ ।
सर्वप्रथम घरको मुलीले चिहानको अगाडी हातमा रक्सीको कप लिएर तिन पटक झुकेर ढोग्दै रक्सी चढाउँदै गर्दछन (भुइमा पोख्छ) । यस क्रमलाइ तिन पटक सम्म पुरा गरेपछि परिवारका अन्य सबै सदस्यहरुले यो कृया दोहोर्याउछन ।  यस पछि त्यहाँ लगेर चढाइएका खानेकुराहरु सबै परिवारजनहरु मिलेर खान्छन् । यस्तो ठानिन्छ कि उनिहरु सबैले मरेर गएका आफन्तहरुसँगै पिकनिक खाइरहेका छन् । यसरी चिहानमा गएर चढाएको खानेकुरा खानाले पनि सुख, स्वास्थ्य र संबृद्धी ल्याउछ भन्ने आम धारणा रहेकोछ ।
नक्षत्र बिज्ञान र छिङमिङ पर्वः
   पृथ्वी र र्सुयको गतिसँग पनि यो चाड सम्बन्धीत छ । खासगरि चाइनिज वर्षलाई जम्मा २४ खण्डमा विभाजन गरिएकोमा यो चिङ्ग मिङ्ग पर्व चाहि पाचौं खण्डको पहिलो दिनमा पर्दछ । पृथ्वीको सापेक्षमा सुर्यको अवस्थिती १५ डिग्री अक्षांसमा परेको दिन नै यस छिङमिङ को दिन अप्रील ५ तारिक हो । अर्को तरिकाले भन्ने हो भने यो स्प्रीङ सिजनको दिन र रात बराबरी भएको दिनबाट पन्ध्रौ दिन नै यो छिङमिङको दिन हो । स्प्रिङमा मार्चको २० तारिकका दिन सुर्यले भुमध्य रेखा पार गर्ने हुदा त्यसदिन दिन र रात बराबरी हुन्छ । यसवाट १५ दिन भनेको प्राय अप्रील महिनाको ४ वा ५ तारिकमा पर्दछ । २०१६ र २०१७ सालमा यो पर्व अप्रिल ४ परेको छ भने २०१८ मा अप्रिल ५ मा परेकोछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here