चोरीको गाडीमा एक जोडी पक्राउ..

प्रकाशित मिति
0
59

हिंजो मध्यराति साढे बाह्र बजे लाइसेन्स एक्स्पायर भएको गाडीलाई वोङ ताइ सिनमा देखेपछि पुलिसले गाडी रोक्न चालकलाई निर्देशन दियो ।
तर गाडी रोक्नुको बद्ला झन् तेज गुडाउँदै भाग्न खोजेको त्यस गाडी काउलुन बे मा नियन्त्रण गुमाई पुलिसको गाडीलाई ठक्कर दिँदै डिभाइडरमा
ठोक्किएर पल्टियो । चालकले सिसा फुटाई भाग्ने प्रयास गरिरहेको बताइन्छ, उसलाई पुलिसले पेस्तोल निकालेर आत्मसमर्पण गराउनु परेको बताइन्छ ।

गाडी चालक २५ वर्षे पाकिस्तानी युवक र २० वर्षे युवतीलाई पक्राउ गरेको बताइन्छ, उनीहरुको साथबाट लागू औंषध पनि बरामद गरिएको बताइन्छ ।
युवकलाई लाइसेन्स र इन्स्योरेन्स बिना सवारी कुदाएको, लागू औंषध साथ राखेको र कार चोरीको आरोपमा पक्राउ गरिएको छ भने उनकी सहयात्रीलाई
कार चोरीको आरोपमा पक्राउ गरिएको छ ।

गत मार्च महिनाबाट १४ लाख डलर खर्च गरेर हङकङ पुलिसका ८ गाडीहरुमा सडकमा कुदिरहेका गाडीहरुको नम्बर प्लेट स्क्यानिङ् गर्ने प्रविधि
जडान गरिएको बताइन्छ जसले गर्दा दर्ता नगरिएका वा चोरीका गाडीहरु पक्राउ गर्न सजिलो हुने बताइन्छ ।

भैयाले चोरीको गाडीमा मैयाँलाई शानसँग कुदाइरहेको रहेछ, तर पुलिसको यस मिलियन डलरे प्रविधिले झ्याप्पै समाइहाल्यो, हगि?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here