चुनवानमा हवाई फायर, झडपको कारण हङकङको तनावपूर्ण सप्ताहान्त!

प्रकाशित मिति
0
2194

हङकङमा ८ औं हप्तामा प्रवेश गरेको आन्दोलनको क्रममा हिंजो आइतबार राति पहिलो पटक गोली चलेको छ ।

चुनवानमा फलामे रड बोकेका आन्दोलनकारीहरुको घेरामा परेपछि १ हङकङ पुलिस जवानले चेतावनी स्वरुप १ राउन्ड हवाई फायरिङ गरेको समाचार छ ।चुनवानको इ पेइ स्क्वेयर र साम पेइ स्क्वेयरमा आन्दोलनकारीहरुले पसलहरु तोडफोड गरेको रिपोर्ट पाएपछि पौने आठ बजे १० पुलिस जवान त्यहाँ परिचालन गरिएका थिए । माजोङ दोकान अगस्ट ५ र १२ मा आन्दोलन विरोधी सेतो टि सर्ट वालाहरुको जंक्सनको रुपमा रहेको थियो, त्यसैको बद्ला स्वरुप आन्दोलनकारीहरुले माजोङ दोकानमा तोडफोड गरेको बताइन्छ । घटनास्थलमा पुगेका प्रहरीलाई आन्दोलनकारीहरुले लखेटेर घेरामा पारेपछि ६ जवानले भीडमाथि बन्दुक ताकेको बताइन्छ । चेतावनी स्वरुप प्रहरी जवानले हवाई फायर गरेको बताइन्छ , थप प्रहरी बल आइपुगेपछि भीड तितर बितर भएको बताइन्छ ।

हिंजो दिउँसो क्वाई चुङ स्पोर्टस् ग्राउन्डदेखि चुनवान पार्कसम्म हजारौंको संख्यामा आन्दोलनकारीहरुले जुलुस गरेका थिए । सरकारले अनुमति दिएको रुटमा जुलुस गरिसकेपछि आन्दोलनकारीहरु बाटो जाम गर्ने, सडकमा आगो बाल्ने, अवरोध खडा गर्ने काममा लागेका थिए । भीड हटाउन खटिएका प्रहरीसँग उनीहरुले झडप गर्दै ८ वटा पेट्रोल बम प्रहार गरेको बताइन्छ । अवरोध हटाउन प्रहरीले पहिलो पटक पानी फोहोरा फाल्ने २ वटा ट्रकको प्रयोग गरेको थियो । ट्रक परिचालन गरेपछि आन्दोलनकारीहरु हटेको बताइन्छ । आइतबारको आन्दोलनमा ६ प्रहरी र ८ आन्दोलनकारी घाइतेँ भएको अनुमान गरिएको छ ।

荃灣眾安街與沙咀道交界警察面對一班暴民,警察只有普通裝備保護自己,成班暴民傻左甘,要舉鎗戒備。

Posted by 香港發聲 Hong Kong Voice on Sunday, August 25, 2019

अस्ति शनिबार कुन्तोङ देखि काउलुन बे सम्मको जुलुस पनि त्यस्तै प्रकृतिको रह्यो , हजारौंको संख्यामा सहभागी रहेको जुलुस समापन पछि काउलुन बे को टेल्फोर्ड गार्डेन वरिपरी आन्दोलनकारीहरुले पुलिससँग भीडन्त गरे , आन्दोलनकारीहरुले पेट्रोल बमको प्रहार गरे भने प्रहरीले टियर ग्याँसको प्रयोग गरेका थिए । त्यस दिन प्रहरीले १९ आन्दोलनकारीलाई पक्राउ गरेको बताइन्छ ।

कुन्तोङ क्षेत्रमा राखिएको स्मार्ट ल्याम्प ढाल्दै आन्दोलनकारी! यस्तो ल्याम्प जासुसी कार्यमा प्रयोग गरिने आरोप आन्दोलनकारीको रहेको छ भने सरकारले यस्तो पोलले मौसमको तथ्याङ्क संकलन गर्ने बताई आएको छ ।

हालसम्म आन्दोलनकारीका ५ मागलाई संबोधन गर्न क्यारी लाम सरकारले कुनै प्रतिक्रिया दिएको छैन तर वार्ताको लागि मंच तैयार गर्ने प्रस्ताव गरेको छ । आन्दोलनले हिंसात्मक रुप लिन थालेको छ, सरकारले सेना परिचालन गरेर दमन गर्ने हो कि आन्दोलनकारीका मागलाई स्वीकार गर्ने हो, हाललाई स्पष्ट रेखाचित्र देखिँदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here