चुनवानमा झ्याल खसेर १ महिला घाइतेँ..

प्रकाशित मिति
0
662

आज बिहान १० बजे चुनवानको हाउ तेइ स्क्वेयरमा रहेको चेक मिङ मेन्सन नामको १५ तले बिल्डिङबाट झ्याल खसेर एक ६९ वर्षीया महिलालाई लागेको छ ।
झ्याल बिल्डिङको पहिलो तलाबाट मात्रै खसेको र महिलाको काँधमा मात्रै लागेकोले ज्यानको क्षति हुन पाएन, पीडित महिलालाई यान चाई अस्पताल लगियो ।
१ तलामा बस्ने महिलाले झ्याल बन्द गर्न खोज्दा झ्याल खसेको बताइन्छ, उक्त ४७ वर्षे महिलालाई पुलिसले पक्राउ गरेको छ ।

यसरी बिल्डिङबाट कुनै वस्तु खसाए ६ महिना जेल र १० हजार डलर सम्म जरीवाना सजाय हुने कानुन रहेको बताइन्छ ।

हामीले पनि झ्याल खोल्दा वा बन्द गर्दा विशेष सावधानी अपनाऊँ, कहिलेकाहिँ सानो सावधानीले पनि ठूलो दुर्घटनाबाट जोगिन सकिन्छ ।

झ्याल खसाल्ने महिला..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here