चुनवानमा झगडा..

प्रकाशित मिति
0
38

चुनवानमा युवाहरुबीच झगडा हुँदा एक १५ वर्षे किशोर गंभीर घाइतेँ भएका छन् ।
२४ वर्षे युवकले उनको पेटमा छुरा प्रहार गरेका थिए ।

शुक्रबार साँझ ७ बजे २४ वर्षे युवकलाई ६ जनाको समूहले रोकेर निहुँ खोजेको बताइन्छ ।
त्यस युवकले छुरा निकालेर १५ वर्षे किशोर र अर्का २४ वर्षे युवकलाई छुरा प्रहार गरेको बताइन्छ । दुवैलाई उपचारको लागि मार्गरेट अस्पताल लगियो भने छुरा प्रहार गर्ने युवकले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि उनलाई पनि उपचारको लागि अस्पताल लगियो ।

छुरा प्रहार गर्ने युवक र घाइतेँ छिमेकी भएको र होहल्ला गरेको बारेमा दुईबीच पहिले भनाभन भएको बताइन्छ । घटनामा संग्लग्न सातै जनालाई प्रहरीले पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here